मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्ने पाकिस्तानी सेनाको राय
इस्लामावाद । २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ ।
उनका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुशर्रफ दुबईमा रहनुभएको र उनको शरीरका प्रमुख अंगहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो । उपचारका लागि सन् २०१६ मा पाकिस्तान छोड्न अनुमति पाएपछि उनी पाकिस्तान फर्किएका छैनन् ।
जनरल मुशर्रफले आफ्नो शासन अवधिसँग सम्बन्धित थुप्रै अदालत मुद्दाहरूको सामना गरिरहेका उनलाई देशद्रोहको आरोपमा उनको अनुपस्थितिमा मृत्युदण्ड दिइएको थियो । यद्यपि उक्त फैसला पछि रद्द गरिएको छ ।
पाकिस्तानी सेनाको ‘इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)’ प्रचार शाखाका प्रमुख मेजर जनरल बाबर इफ्तिखरले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘यो संस्था र यसको नेतृत्व पर्वेज मुसर्रफको खराब स्वास्थ्यलाई ध्यानमा राखेर देश फर्किन चाहेमा उहाँको परिवारको चाहनाअनुसार स्वदेश फर्किन दिनुपर्ने निष्कर्षमा पुगेको छ ।’ आईएसपीआरले बुधबारको दिन एएफपीलाई आफ्नो टिप्पणी पुष्टि ग¥यो ।
मुसर्रफले अझै पनि देश फर्किएपछि पनि थुप्रै मुद्दाहरूको सामना गर्नुपर्ने मतहरू पनि आएका छन् । पाकिस्तानको स्वतन्त्रतापछि सेनाले विभिन्न समयमा लामो समयसम्म पाकिस्तानमाथि शासन गर्दै आएको छ । सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले मुशर्रफ सेना प्रमुख रहेका समय पदबाट निलम्बन गर्न खोजेपछि मुशर्रफले सेनाको सहयोगमा राज्यसत्ताको नेतृत्व पनि सम्हालेका थिए । त्यसपछि करिब नौ वर्ष उनले पाकिस्तानमा शासन गरेका थिए ।
उनको कार्यकाल पहिले कमजोर रहेको पाकिस्तानी अर्थतन्त्र सुधारका लागि उनको नेतृत्व सफल भएको थियो । यद्यपि सत्तामा रहँदा मानव अधिकार उल्लंघन तथा भ्रष्टाचार गरेको आरोपमा उनविरूद्ध दर्जनौँ मुद्दाहरू पाकिस्तानी अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया