बम्बार्डियरलाई प्राप्ति गर्ने प्रक्रियामा अल्स्टोम
पेरिस, फागुन ७
फ्रान्सको रेल निर्माता कम्पनी अल्स्टोमले क्यानडाको कम्पनी बम्बार्डियरको रेल व्यवसाय प्राप्ति गर्नेबारे छलफल गरेको छ । एजेन्सीहरुका अनुसार अल्स्टोमले ७ अर्ब अमेरिकी डलरको सम्झौताका लागि प्रयास गरिरहेको छ । अल्स्टोमको प्रयास सफल भए रेल क्षेत्रमा प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ । अल्स्टोमका लागि पनि उक्त सम्झौता महत्वपूर्ण हुनेछ । अल्स्टोमले टीजीभी बुलेट रेल निर्माण गर्छ । यसको रेल फ्रान्सको पेरिसदेखि निससम्म सञ्चालन हुँदै आएको छ ।
कम्पनीले चीनको सीआरआरसी कर्पसँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ । चिनियाँ कम्पनी विश्वकै ठूलो रेल निर्माता हो । गत वर्ष नै अल्स्टोमले जर्मनीको साइमेन्ससँग मर्जरको तयारी गरे पनि युरोपेली नियामकले रोकिदिएका थिए । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अल्स्टोम बम्बार्डियरको रेल व्यवसाय खरिदको अन्तिम प्रक्रियासम्म पुगिसकेको छ । प्राप्तिको समाचार बाहिरिएसँगै अल्स्टोमको सेयर १.९ प्रतिशतले बढेको बताइएको छ । कार निर्माणको क्षेत्रमा जस्तै रेलमा पनि निर्माता कम्पनीहरुले लागत कम गर्न मर्जर र प्राप्तिको बाटो खोजिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया