बर्लिन । जर्मनीले प्राकृतिक ग्यास उपभोग र कोइला प्रज्वलनलाई अर्को जाडोयामका लागि बढाउनैपर्ने भएको छ । जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले आइतबार रुसी ग्यास आपूर्तिहरु घटाउन यस्तो ‘अप्रिय निर्णय’ लिनुपर्ने अवस्था आएको बताएका हुन् । उनले अहिलेको अवस्थालाई गम्भीर भनेका छन् ।
एक वक्तव्यमा उनले भनेका छन्, ‘हामी ग्यास उपभोग घटाउन थप कदमहरु चालिरहेका छौँ । यो भनेको ग्यास उपभोग थप कटौती हुनुपर्छ तर धेरै ग्यास भण्डारण गर्नैपर्नेछ, अन्यथा जाडोयाममा साँच्चै कठिन हुनेछ ।’
मस्कोको ग्यासमा जर्मनी निकै आश्रित छ । खासगरी उद्योग र घरहरुका लागि । तर मस्कोको आयात ५५ प्रतिशतबाट ३५ प्रतिशतमा सीमित गरेको उनको भनाइ छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसले यो परिमाणमा ग्यास आपूर्ति कटौती गरेको हो । बिग्रिँदो अवस्थाका बीच पछिल्ला दिनमा ग्यास बजारबाट आपूर्तिको ग्यारेन्टी गरेको बर्लिनले जनाएको छ । जर्मनीले रुसी राष्ट्रपतिमाथि अस्थिरता जन्माउन भूमिका खेलिरहेको आरोप लगाएको छ ।
‘तर हामी त्यो हुन दिनेछैनौँ’, हाबेकले भने । यद्यपि जर्मनीले कोइलामा आधारित ऊर्जा उत्पादनबाट बाहिरिने योजना बनाएको छ । हाबेक आफैँ पनि ग्रिन पार्टी राजनीतिज्ञ हुन् । उनैले अहिलेको संक्रमणकालीन समयमा कोइलामा आधारित ऊर्जा प्लान्टहरु ब्युँताउने घोषणा गरेको बताइएको छ । विद्युत् उत्पादनका लागि ग्यास उपभोग घटाउन यस्तो निर्णय लिएको उनले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया