लागुऔषध तथा अपराधविरुद्ध सूचना डेस्क तथा सडक नाटक
बीरगञ्ज । सानो पाइलाले लागुऔषध तथा अपराधविरुद्ध जनचेतना प्रवाह गर्न सूचना डेस्क स्थापना तथा सडक नाटक प्रदर्शन गरेको छ । गत असार १२ गतेबाट सुरु भएको लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको सातदिने अभियानलाई सानो पाइलाले मंगलबार पनि जारी राखेको हो ।
‘विपत्मा स्याहार’ भन्ने नाराका साथ सुरु भएको अभियानको तेस्रो दिन सानो पाइलाले सूचना सम्प्रेषण दिवसको रूपमा मनाएको जनाएको छ । मंगलबार बिहान वीरगञ्जस्थित घण्टाघर र बसपार्कमा सूचना डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट लागुऔषध तथा अपराधविरुद्धका जनचेतनामूलक सामग्रीहरू बाँडिएको संस्थाले जनाएको छ । डेस्कबाट बाँडिएको सामग्रीहरूमा लागुऔषध सेवन गरिरहेका व्यक्तिहरूमा आउने परिवर्तनहरूका बारे उल्लेख गरिएको थियो । व्यक्तिको व्यवहारमा आएका परिवर्तनहरूलाई पहिचान गर्दै समयमै परामर्शका लागि पहल गरिए, लागुऔषधको कुलतबाट उम्किन सम्भव छ भन्ने सन्देश डेस्कबाट प्रवाह गरिएको हो । त्यसैगरी मंगलबारै साँझ सडक नाटक पनि प्रदर्शन गरिएको संस्थाले जनाएको छ । लागुऔषध पुनर्थापनाको १५ वर्षे अनुभवले लागुऔषधको कुलतमा फस्नेहरू अधिकांश किशोर उमेरमै संगतका कारण फस्ने गरेको देखाएको हुँदा त्यही विषयवस्तुलाई नाटकमार्फत चित्रण गरेको संस्थाले जनाएको छ ।
लागुऔषधको कुलतमा अनाहकै फस्नेहरूलाई पुनः सामान्य जीवनमा फर्काउन आवश्यक पर्ने विधिहरू पनि नाटकमा समावेश गरिएको थियो । सानो पाइलाको पुनस्र्थापना केन्द्रका प्रतिनिधि र बालगृहका बालबालिकाहरूले संयुक्तरूपमा नाटक तयार गरी प्रदर्शन गरेका थिए । लागुऔषध तथा अपराधविरुद्धको सातदिने अभियान सामुदायिक–प्रहरी साझेदारीअन्तर्गत सञ्चालित छ । अभियानअन्तर्गतको चौथो दिन बुधबार हाल कुलतमा फसेका व्यक्तिहरूको परिवारका सदस्यसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । कुलतमा फसेका व्यक्तिहरूलाई उचित परामर्श र उपचारका साथै पारिवारिक प्रोत्साहन पनि आवश्यक रहेकोले उनीहरूसंग छलफलमा जुट्न लागेको संस्थाको भनाइ छ । यो कार्यक्रम बुधबार बिहान ११ बजेदेखि सामुदायिक पुनस्र्थापना केन्द्रमा सञ्चालन हुने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया