मिड–भ्याली इन्टरनेशनल कलेजद्वारा ‘नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग’ विषयमा छलफल
काठमाडौं । मिड–भ्याली इन्टरनेशनल कलेजका बीबीए (फाइनान्स) पहिलो समूहका विद्यार्थीहरूले ‘नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग’को विषयमा छलफल गरेका छन् । पाठ्यक्रम भएको विषयवस्तुलाई थप स्पष्ट बनाउनको लागि उक्त छलफल चलाइएको थियो ।
उक्त कार्यक्रम स्थानीय र विश्वव्यापी परिप्रेक्ष्यमा फिनटेक उद्योगमा भएका आविष्कारहरु परिवर्तनहरू अन्वेषण गर्ने उद्देश्यका साथ आयोजना गरिएको कलेजका अधिकारीहरुले बताए । विद्यार्थीहरूलाई यस बढ्दो उद्योगको नजिक ल्याउन र वर्तमान परिदृश्य र भविष्यका सम्भावनाहरूको सन्दर्भमा चेतना जगाउने लक्ष्य रहेको कलेजले जनाएको छ । छलफलका क्रममा एफ वान सफट इन्टरनेशनल प्रालिका सीईओ शुभाष शर्माले सिमलेस लेनदेनको लागि प्राविधिक प्लेटफर्ममा व्यवसाय र मानिसहरूलाई जोड्दा खर्च कम, समयको बचावट र पारदर्शिता रहने बताए ।
ठमेल रेमिट प्रालिका सहसंस्थापक बालकृष्ण जोशीले प्रविधिका कारण पैसा क्षणभरमै विश्वको जुनसुकै स्थानमा पठाउन सकिने अवस्था हाल बनेको बताए । प्रविधिकै कारण सहज र विश्वासपूर्ण रुपमा आफनो व्यवसाय ढुक्कसँग सञ्चालन गर्दै आएको उनले बताए । यस्तै, सोर्स कोड प्रालिका प्रबन्धनिर्देशक डाइरेक्टर अभिजित श्रेष्ठले डाटा–केन्द्रित निर्णय लिने र प्रविधिलाई उच्च उपयोग गर्नसकेका अत्यधिक नवयुवा व्यवसायी सहजै सफल भएको बताए । विद्यार्थीहरुले अब हरेक क्षेत्रमा प्रविधि जोड्नु आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रमलाई सिंगापुर बेभरेज नेपाल प्रालिले प्रायोजन गरेको थियो । कार्यक्रमको मिडिया पार्टनर भने जुपिटर मिडिया रहेको थियो । कार्यक्रममा काठमाडौंका विभिन्न कलेजका दुई सयभन्दा बढी विद्यार्थी र शिक्षा/फिनटेक समुदायका सदस्यहरुको सहभागिता थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया