होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
नयाँ दिल्ली । दुई पांग्रे सवारी निर्माता होन्डाले सीबी३००एफ भारतमा सार्वजनिक गरेको छ । होन्डा मोटरसाइकल एन्ड स्कुटरले अल न्यु होन्डा सीबी३००एफ भारतीय बजारमा सार्वजनिक गरेको हो ।
भारतमा यसको मूल्य २.२६ लाख भारु राखेको छ । यसका दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्लस भारतमा सार्वजनिक गरिएको हो । डीएलएक्स प्रोको मूल्य भने २.२९ लाख भारु राखिएको भारतीय मिडियाले जनाएका छन् ।
तीन रंगमा भारतीय बजारमा आएको यो मोटरसाइकल म्याट एक्सिस ग्रे मेटालिक, म्याट मार्वेल ब्ल्यू मेटालिक र स्पोर्ट्स रेडमा उपलब्ध छ । होन्डा सीबी३००एफमा एलईडी हेडल्याम्प, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल (एचएसटीसी), भी आकारको अलोय ह्विल्स, डुअल च्यानल एबीएस र स्मार्टफोन कनेक्टिभिटीजस्ता फिचर छन् ।
यसमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्ट, टेपरेड ह्यान्डलबार र वाइड रेडियल रियर टायर छ । यसमा २७६ एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक छ । यसमा २९३ सीसीको इन्जिन रहेको छ भने ४ भल्भ, आयल कुल्ड, एसओएचसी छ। यसको अधिकतम टर्क क्षमता २५.६ एनएम छ । ६ स्पिड गियरबक्स रहेको बाइकमा स्लिप र असिस्ट क्लच प्रणाली छ । बजारमा यसको प्रतिस्पर्धा केटीएम ३९० ड्युक, बीएमडब्ल्यु जी ३१० आरलगायतसँग हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया