इमर्जिङ नेपालको ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप’
काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमणि जोशीले गरेका थिए भने प्रमुख अतिथिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी थिए ।
उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलिस, विफिन, निफ्रा, खिम्ती–२ हाइड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानी गरेको छ । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पूर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा विभिन्न विकासका पूर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तरता दिने, व्यवसायीलाई कन्सल्टिङ सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, क्यापिटल मार्केट र प्राइभेट फर्महरु लगायतको सहभागिता थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया