जो भारतका ‘वारेन बफेट’ कहलिन्थे, रहेनन्
नयाँ दिल्ली । भारतका ‘वारेन्ट बफेट’ र ‘बिग बुल’ नामले चिनिँदै आएका चर्चित सेयर लगानीकर्ताको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेयर लगानीकर्ता राकेश झुनझुनवालाको आइतबार बिहान मृत्यु भएको हो ।
६२ वर्षीय उनलाई भारतका ‘वारेन बफेट’ भनिन्थ्यो । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ५ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ । मुटुमा समस्या भएर उनको मृत्यु भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मृत्युमा शोक व्यक्त गर्दै आर्थिकजगतमा अमिट छाप छोडेर गएको बताएका छन् ।
धेरैपटक उनको तुलना वारेन बफेटसँग गरिने गरेको भारतीय मिडियाले जनाएका छन् । उनलाई भारतीय सेयरबजारका ‘बिग बुल’ पनि भनिन्थ्यो । कलेज पढ्दादेखि उनी सेयरबजारमा प्रवेश गरेका थिए । सुरुमा ५ हजार भारु मात्र लगानी गरेका उनले केहीअघि मात्रै जेट एयरवेजका पूर्वमुख्य कार्यकारी अधिकारी विनय दुवे र इन्डिगोका पूर्वप्रमुख आदित्य घोषसँग मिलेर नयाँ विमान सेवा कम्पनी आकाश एयरको सुरुवात गरेका थिए । यो एयरलाइनले यही महिना मुम्बईबाट अहमदाबादसम्म उडान सुरु गरेको छ ।
झुनझुनवाला भारतका ४८औँ सबैभन्दा धनी व्यक्ति थिए । चार्टर्ड एकाउन्टेन्ट (सीए) रहेका उनले कम्पनीको खाताको अडिट गर्न छोडेर सेयर लगानीको बाटो छानेका थिए । सन् १९८५ मा ५ हजार भारु लगानीबाट सुरु गरेका उनले सन् २०१८ सम्ममा लगानीको मूल्य बढेर १ खर्ब १० अर्ब भारुसम्म पुगेको थियो । उनको लगानी स्टार हेल्थ, टाइटन, र्यालिस इन्डिया, केनरा बैंक, इन्डियन होटल्स कम्पनी, एग्रो टेक फुड्स, नजारा टेक्नोलोजिज र टाटा मोटर्समा रहेको थियो । जुनमा सकिने त्रैमासिकको अन्त्यसम्म उनका ४७ वटा कम्पनीमा लगानी थियो ।
टाइटन, स्टार हेल्थ, टाटा मोटर्स र मेट्रो ब्रान्ड्स जस्ता कम्पनीमा उनको ठूलो हिस्सा थियो । उनी हंगामा मिडिया र एप्टेकका प्रमुख पनि थिए । उनी धेरै कम्पनीको बोर्डमा समेत थिए । उनको जन्म १९६० जुलाई ५ मा राजस्थानको परिवारमा भएको थियो । उनी मुम्बईमा हुर्किएका थिए । मुम्बईमा उनका बुबा आयकर आयुक्त थिए । उनले साइडेन्हेम कलेजबाट स्नातक डिग्री लिएका थिए ।
उनले सन् १९८६ मा टाटा टीको ५ हजार सेयर ४३ भारु प्रतिकित्तामा किनेका थिए । तीन महिनापछि यो सेयर १४३ भारु पुग्यो । जहाँ उनलाई पहिलो नाफा मिलेको थियो । तीन वर्षपछि २० देखि २५ लाख भारु कमाइ गरे । उनले जुन समयमा सेयर बजारमा लगानी सुरु गरे त्यो बेला सेन्सेक्स १५० अंकसम्म पुगेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया