गृह मन्त्रालयद्वारा लघुवित्तविरुद्धका ‘संघर्ष समिति’लाई कारबाही गर्न पत्राचार
काठमाडौं । गृह मन्त्रालयले लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको ‘लघुवित्तविरुद्ध संघर्ष समिति’लाई कारबाही गर्न पत्राचार गरेको छ । मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र काट्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत संघर्ष समितिलाई कारबाही गर्न निर्देशन दिएको हो ।
लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले मन्त्रालयलाई लेखेको पत्र र प्राप्त कागजातसहित संलग्न गराएर मन्त्रालयले उक्त समितिलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको हो । देशको प्रचलित कानुनबमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका ६७ वटा लघुवित्त संस्थाहरुविरुद्ध केही व्यक्तिहरुले चरणबद्ध आन्दोलन गरेपछि ती व्यक्ति र त्यस्तो गतिविधिमा संलग्न संस्थालाई कारबाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयद्वारा प्रेषित पत्रमा उल्लेख छ ।
लघुवित्त बैंकर्स संघले आवश्यक कारबाहीका लागि मन्त्रालयलाई पत्र लेख्दै आवश्यक कारबाही एवं सुरक्षाको प्रत्याभूति दिन माग गरेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कारबाही गर्न निर्देशनसहित पत्राचार गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया