भारतको चामल निर्यात कडाइले विश्वभर मूल्य बढ्ने संकेत
नयाँ दिल्ली । भारतको पछिल्लो निर्णयले विश्वमा चामलको मूल्य बढ्नसक्ने देखिएको छ । यसले खाद्य क्षेत्रको महंगी बढ्नसक्ने देखिएको एजेन्सीहरुले जनाएका छन् ।
भारत, थाइल्यान्ड, भियतनाम र म्यानमारजस्ता मुख्य चामल निर्यात गर्ने देशमा मूल्य उच्च हुँदै गएको छ । व्यापारी तथा विश्लेषकहरुका अनुसार यसले खाद्य आयातकर्तालाई थप मारमा पार्नेछ । यसअघि नै प्रतिकूल मौसम र रुस–युक्रेन युद्धको मार उनीहरुले खेपिसकेका छन् ।
भारतले बिहीबार मात्रै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने विभिन्न किसिमका चामल निर्यातमा २० प्रतिशत भन्सार महशुल लगाएको थियो । सोसँगै विभिन्न देशमा खाद्य सुरक्षामाथि थप दबाब हुनसक्ने देखिएको छ । योसँगै गहुँ र मकैको मूल्य समेत बढ्नसक्ने बताइएको छ ।
भारतले कडाइ गर्दा थाइ र भियतनामी चामलको माग बढ्ने देखिएको छ । तर भारतले कति समयसम्म कडाइ गर्छ त्यसमा भर पर्ने बताइएको छ । विश्वमा सबैभन्दा बढी चामल आयात चीन र फिलिपिन्सले गर्ने गरेका छन् । चामलको मूल्य बढ्दा यी देशलाई समस्या हुनसक्नेछ । चीनले भारतबाट कनिका समेत आयात गर्दै आएको छ । यसैबीच भियतनाम र थाइल्यान्डले चामल निर्यात बढाउने संकेत गरेको एएफपीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया