मुलुकभर ६० हजार बढी उद्योग प्रतिष्ठान सञ्चालन
काठमाडौं । मुलुकभर ६० हजारभन्दा बढी उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् । राष्ट्रिय तथ्यांक विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणअनुरुप मुलुकभर ६० हजार एक सय ८५ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् । तीमध्ये खानी ताथ उत्खनन क्षेत्रमा तीन सय ५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार छ सय ११ वटा, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४ वटा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा दुई हजार दुई सय २४ वटा उद्योग प्रतिष्ठानहरु छन् । सर्वेक्षणअनुरुप सबैभन्दा बढी उद्योग प्रतिष्ठान औद्योगिक उत्पादन क्षेत्रमा रहेको विभागका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।
यस्तै, उद्योग प्रतिष्ठान स्थापना तथा सञ्चालन भएसँगै त्यससँग विविध व्यक्तिहरुको संलग्नता रहेको पाइन्छ । सर्वेक्षण अनुरुप औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा संलग्न रहेको व्यक्तिहरुको संख्या चार लाख ९१ हजार दुई सय २७ जना रहेका छन् । तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा छ हजार चार सय ८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा चार लाख ४४ हजार नौ सय ६४ जना, विद्युत्, ग्यास बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार पाँच सय ९३ जना र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १८ हजार एक सय ८५ जना व्यक्तिहरु संलग्न छन् । उद्योग प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रुपले कार्यरत व्यवसायी तथा साझेदारहरु, बेतलबी पारिवारिक कामदारहरु र तलबी कामदारहरु पर्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, उद्योग प्रतिष्ठान स्थापना तथा सञ्चालन भएसँगै त्यसले रोजगारी समेत सिर्जना गरेको छ । सर्वेक्षणअनुरुप औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा रहेको रोजगार अर्थात् तलबी कामदारको संख्या तीन लाख ८१ हजार छ सय ८७ जना रहेका छन् । जसमा खानी तथा उत्खनन क्षेत्रमा तीन लाख ८१ हजार छ सय ८७ जना, औद्योगिक उत्पादन क्षेत्रमा तीन लाख ४६ हजार एक सय ४३ जना, विद्युत्, ग्यास बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार दुई सय ३८ जना र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १२ हजार पाँच सय ८७ जना छन् । रोजगार व्यक्तिहरु भन्नाले प्रतिष्ठानबाट नियमित रुपले तलब ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदारहरु पर्दछन् । ती प्रतिष्ठानमा कार्यरत व्यक्तिहरुको तलब सुविधाका लागि अर्बौँ रकम खर्च गरेको छ । सर्वेक्षणअनुरुप औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत तलबी कामदारहरुको लागि तलब/ज्याला र सुविधामा गरेको जम्मा खर्च करिब एक खर्ब सात अर्ब ८९ करोड रुपैयाँ छ ।
सोमध्ये खानी तथा उत्खनन क्षेत्रमा करिब एक अर्ब ८० करोड रुपैयाँ, औद्योगिक उत्पादन क्षेत्रमा करिब ९५ अर्ब ७७ करोड रुपैयाँ, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा करिब छ अर्ब ९२ करोड रुपैयाँ र पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा करिब तीन अर्ब ४० करोड रुपैयाँ कामदारको तलव/ज्याला तथा सुविधामा खर्च भएको देखिएको छ । तलब/ज्याला तथा सुविधा भन्नाले सन्दर्भ अवधिमा तलबी कामदारहरुको लागि औद्योगिक प्रतिष्ठानहरुले खर्च गरेको कुल रकम (नगद, जिन्सी र अन्य सुविधाहरु समेत) भन्ने बुझिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया