सोलुका ग्रामीण भेगका महिलाहरूका लागि घर धान्ने गतिलो स्रोत बन्दै निगुरो
सोलुखुम्बु । जंगलमा पाइने निगुरो सोलुखुम्बुका ग्रामीण भेगका महिलाका लागि घर धान्ने गतिलो स्रोत बन्न थालेको छ । जंगल तथा खोलाखाल्सीमा आफैँ उम्रिएको निगुरो बिक्रीबाट गृहिणीहरूले घरखर्चदेखि बालबालिकाको पढाइखर्च समेत धानिरहेका छन् ।
निगुरो बिक्रीबाट आएको आम्दानीले घरखर्च देखि बालबालिकाको पढाइखर्च समेत धान्ने गरेको माप्यदुधकोशी गाउँपालिका ५ काँकुकी ङिमा शेर्पाले बताइन् । फुर्सदको समय तथा गाईवस्तु चराउन जाँदा संकलन गर्ने निगुरो जिल्लाको विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट सम्म लगेर बिक्री गर्ने गरेका छन् । न्यून आय स्रोत भएकाहरूलाई वर्षामा उत्पादन हुने निगुरो बरदान नै सावित भएको छ । चारकोशे झाडीभित्र पाइने निगुरोको साग बेचेर धेरैले घरखर्च चलाउँदै आएका छन् ।
बिहान–बेलुकाको घरधन्दाबाट बचेको समय निगुरो टिपेर बेच्दा बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउन सजह भएको जोगराकी रिताकला सुनुवारको भनाइ छ । गाउँघरमै खपत हुनेगरेको निगुरो पछिल्लो समय क्रेताको रोजाइमा समेत पर्न थालेको छ । सोलुखुम्बुका धेरै गृहिणीदेखि बालबालिकाले समेत दैनिक खर्च जुटाउन यसरी नै निगुरो बेच्ने गरेका छन् । जंगलमा यतिकै खेर जाने वनस्पति निगुरोलाई आर्थिक आम्दानीसँग जोड्दा घरखर्च चलाउन सजिलो भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया