आउटरिच दक्षिण एसिया स्वतन्त्र ‘एजेन्सी अफ द इयर’को फाइनलमा प्रवेश
काठमाडौं । आउटरिच क्याम्पेन एसिया प्यासिफिकको एजेन्सी अफ द इयर अवार्ड २०२२ को अन्तिम चरणमा स्थान बनाउन सफल भएको छ । आउटरिच दक्षिण एसिया स्वतन्त्र एजेन्सी अफ द इयरको समूहमा छ । आउटरिचबाहेक यस समूहको अन्तिम चरणमा भारतका तीनवटा एजेन्सीहरु र पाकिस्तानको एक एजेन्सी पनि रहेका छन् ।
अन्तिम चरणको विजेताको घोषणा यस क्षेत्रका मार्केटिङ्ग र एडभर्टाइजिङ प्रोफेसनलहरुको उपस्थितिबीच ३० नोभेम्बर, २०२२ मा भारतको आईटीसी मराठा, मुम्बईमा गरिनेछ । १९९० को शुरुवातदेखि नै एजेन्सी अफ द एयर अवार्ड प्रेरणादायी नेतृत्व, व्यवस्थापकीय उत्कृष्टता र विज्ञापन तथा ब्राण्ड सञ्चारका समग्र उपलब्धिहरुलाई स्थापित गर्न अग्रसर छन् ।
पीडब्लुसीद्वारा तालिकाबद्ध परिणामहरुका साथ समग्र स्तरमा यो एउटा एजेन्सीको उत्कृष्टतालाई सम्मान गर्ने कार्यक्रम हो । आउटरिचले सोही समूहको लागि सन् २०१६ मा दक्षिण एसिया स्वतन्त्र एजेन्सी अफ द इयरको कांस्य पदक हात पार्न सफल भएको थियो भने २०१५, २०१६ र २०१७ मा अन्तिम चरणमा स्थान बनाएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुर्तीजन्य करप्रति सरकार किन उदार ?
- दोहोरियो मुलुकको औद्योगीकरणको विषय
- लघुवित्त क्षेत्रप्रतिको जनविश्वास फिर्ता ल्याउने सरकारको घोषणा
- बबईमा डुबेर दाजुभाइको मृत्यु
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया