सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताका विजेता घोषणा
काठमाडौं । सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा भएको छ । सनसिल्क नेपालले दशैँको अवसर पारेर एक डिजिटल कन्टेस्ट ‘सनसिल्क दशैँ भाइब्स’ सञ्चालन गरेको थियो । सनसिल्क दशैँ भाइब्स २ को अन्तिम चरणको कार्यक्रम मंगलबार होटल -याडिसनमा आयोजना गरिएको थियो ।
सनसिल्क दशैँ भाइब्स २ को विजेता सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई भएका छन् । प्रत्येक विजेताले एक लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै एक वर्षको लागि सनसिल्क ग्याङ अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् । उक्त कार्यक्रममा दुई हजार आठ सयभन्दा बढी प्रतियोगीहरुले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैँ भाइब्स प्रदर्शन गरेका थिए । यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो ।
युनिलिभर नेपालका प्रबन्धनिर्देशक अम्लान मुखर्जीका अनुसार नेपालमा देशभर बिक्री हुने एवं लाखौँ ग्राहकहरुको रोजाइ बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो । सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा ‘डबल सेलिब्रेसन’ नाराका साथ सनसिल्क दशैं भाइब्स २ सञ्चालन गरिएको थियो । जुन प्रतियोगितामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयरस्टाइलहरुका साथ दशैँ भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनुपर्ने थियो । सहभागीहरुमध्ये तीन जना विजेतालाई १/१ लाख रुपैयाँ नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो । यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरु नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहनु भएको एक निर्णायक मण्डली बनाइएको थियो । दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टिहरु प्राप्त भएका थिए, जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो । यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरुमा १० करोडभन्दा बढी भ्युज पाउन सफल भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया