भारतीय सेयरबजारमा एकै दिन लगानीकर्ताले गुमाए ६५ खर्ब भारु
नयाँ दिल्ली, फागुन २७
भारतीय सेयरबजारमा एकै दिन लगानीकर्ताले ६५ खर्ब भारु गुमाउनुपरेको छ । विश्वमा विकसित पछिल्ला घटनाक्रमले विश्व सेयरबजार नै प्रभावित बनिरहेको अवस्थामा भारतीय सेयरबजारमा पनि त्यसको प्रभाव परेको हो । सोमबार बम्बई स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्स १९४२ अंकले घटेको थियो । त्यस्तै नेशनल स्टक एक्सचेन्ज (एनएसई)को निफ्टी ५३८ अंकले झरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सेयरबजारमा यस्तो गिरावटपछि भारतीय लगानीकर्ताले उक्त रकम गुमाउनुपरेको हो । सेन्सेक्सको गिरावट हालसम्मकै ठूलो भएको नवभारत टाइम्सले जनाएको छ । खासगरी कोरोना भाइरसको बढ्दो फैलावट र अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा आएको गिरावटले सेयरबजार घटेको बताइएको छ । यसबाहेक भारतका पाँच ठूलामध्ये पर्ने एस बैंक संकटमा फस्नुले पनि सेयरबजारमा प्रभाव पारेको हो ।
तेल उत्पादक देशहरुबीचको वार्ता असफल भएपछि साउदी अरेबियाले उत्पादन बढाउने निर्णय गरेको छ । विश्वमा कोरोना संक्रमण तीव्र बनेपछि कच्चा तेलको माग घटेको सन्दर्भमा मूल्य ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । खाडी युद्धपछि कच्चा तेलको मूल्यमा हालसम्मकै ठूलो गिरावट आएको छ । यसलाई पनि भारतीय सेयरबजार घट्नुको कारण मानिएको छ । उता कोरोनाले अधिकांश देशमा आर्थिक नोक्सानी पुगेको छ । संक्रमित संख्या १ लाख नाघ्दा मृत्यु हुने संख्या समेत ३५ सयभन्दा बढी पुगेको छ । त्यस्तै यी घटनाक्रमले लगानीकर्तामा वित्तीय स्थिरतालाई लिएर चिन्ता थपिनु पनि सेयरबजार ओरालो लाग्नुको अर्को कारण मानिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया