डीआरटीबी होस्टलका बिरामीलाई राहत सामग्री हस्तान्तरण
जनकपुरधाम । जनकपुरधाममा रहेको डीआरटीबी होस्टेलका बिरामीहरूलाई बुधबार चिसोबाट बच्न विभिन्न राहत सामानहरू वितरण गरिएको छ । बिराट नेपाल मेडिकल ट्रस्टले अमेरिकेयर्सको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय, धनुषाअन्तर्गत डीआरटीबी होस्टल जनकपुरमा रहेका ६ जना डि.आर. बिरामीलाई जाडो र संक्रमण रोकथाम गर्ने सामग्री सहयोग गरेको हो ।
बीएनएमटी नेपाल महोत्तरीका जिल्ला कार्यक्रम संयोजक डा. मनोज कुमार साहका अनुसार छ जना बिरामीहरूलाई छ थान ठूलो कमलखोलसहित, छ थान मझौला कमल, छ थान जाकेट, छ थान उलेन टोपी, छ जोडा चपल, तीन थान इलेक्ट्रिक जग, छ थान झुल र २५ थान हाइजनिक किट उपलब्ध गराइएको छ । उक्त सामग्रीहरू मधेश प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयका निर्देशक डा. राजिव झा, समाजिक विकास मन्त्रालयका राज नरायण साहले जिल्ला स्वास्थ्य कार्यालय धनुषाका टीबी फोकल पर्सन रामबाबु यादव, डीआर होस्टलका इन्चार्ज सोलेन्द्रकुमार साह तथा होस्टलमा भर्ना रहेका बिरामीहरूलाई उक्त सामग्री हस्तास्तरण गरेका थिए ।
निर्देशक डा. झाले बीएनएमटी नेपालले टीबी निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताए । डीआर टीबी रोग लागेका बिरामीबाट सर्ने यो खतरानाक रोग रहेकाले यसका बिरामीलाई दुई वर्षभन्दा बढी समयसम्म छुट्टै होस्टेलमा राखेर उपचारलगायत खाना र बस्ने व्यवस्था सरकारले गरिरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया