काठमाडौं । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताए । उनले हिउँदे याम नसकिँदै गर्मी बढ्यो भने, “अहिले अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ । पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो ।”
अघिल्लो वर्ष हिउँदमा पश्चिमी वायु बढी सक्रिय रहेकाले हिउँदे वर्षा राम्रोसँग भएको थियो । यस पटक वर्षा गराउने मौसमी प्रणाली प्रभावकारी नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ । मौसमविद् लामिछानेका अनुसार प्रि मनसुनको सिजन नजिकिएकाले पनि तापक्रम बढिरहेको छ । हिउँदे वर्षा गराउने मौसमी प्रणाली विकसित भए पनि त्यसको सक्रिय प्रभाव नभएकाले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी वर्षा भएको छ । बाँकी क्षेत्रमा अपेक्षित वर्षा नभएकाले बाली लगाएका किसानसमेत मर्कामा परेका छन् । सुक्खापनले पर्यावरणमा समेत असर परेको छ ।
सामान्यतया नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । तर यस वर्ष हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । धार्मिक विश्वासअनुसार शिवरात्रि पर्वका बेला मौसम धुम्मिन्छ र केही मात्रामा चिसोसमेत हुन्छ । तर यो वर्ष शिवरात्रिका बेला पनि पानी पर्न सकेन ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ । प्रदेश नं १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया