काठमाडौं, चैत ४
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)का कारण ओमान सरकारले गैरओमानी नागरिकलाई आफ्नो मूलुक प्रवेशमा रोक लगाएको छ । योसँगै वैदेशिक रोजगारीको क्रममा ओमान जान चाहने नेपाली ओमान प्रवेश गर्न नपाउने भएको ओमानस्थिति नेपाली दूतवासले जानकारी दिएको छ । दूतवासले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि लागू हुनेगरी ओमान सरकारले सो निर्णय गरेको बताएको छ । सोसँगै वैदेशिक रोजगारीको क्रममा ओमान पुगेका नेपाली नागरिकहरू प्रभावित हुने देखिन्छ । सो निर्णयसँगै ओमानमा रहेका नेपालीहरूलाई दूतवासले प्रदान गर्ने कन्सुलर तथा अन्य अत्यावश्यक सेवा लिनुपरेमा दूतावसमा पूर्वसम्पर्क गरी आउनको लागि आग्रह गरेको छ ।
यस्तै दूतावासले कोरोना भाइरसको कारणले कुनै नेपालीमा समस्या पर्न गएमा दूतावासले व्यवस्था गरेको विशेष हटलाइन नं ७१५३०८४० सम्र्पक गर्नसमेत आग्रह गरेको छ । ओमान सरकारले खाडी सहयोग परिषद् (जिसिसि) बाहेकका गैरओमानी नागरिकलाई ओमान प्रवेशमा तत्कालका लागि रोक लगाउनुका साथै जुनसुकै मार्गबाट ओमान प्रवेश गर्ने व्यक्तिले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको दूतावासले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया