तुलसी सहकारीमा चरम अनियमितता
सर्वसाधारणको बचत नै जोखिममा
विराटनगर । तुलसी बहुमुखी सहकारी संस्था चरम आर्थिक संकटमा परेको पाइएको छ । संस्थाका अध्यक्ष र सचिवले मनोमानी ढंगले आफूनिकटका कम्पनीमा लगानी गरेपछि संस्था आर्थिक संकटमा परेको हो । हाल उक्त संस्थाबाट सर्वसाधारणले निक्षेप फिर्ता पाउन नसकेपछि उनीहरू आन्दोलनमा उत्रेका छन् ।
बचतकर्ताको आन्दोदनका कारण सहकारीको विराटनगर–३ स्थित मुख्य कार्यालयसहित झापा, उदयपुर र सिरहामा रहेका शाखा समेत बन्द भएका छन् । सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा फरार छन् भने उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ प्रहरीले थुनामा राखेको छ । यस्तै सहकारीका सञ्चालक समिति सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दीप खवास र प्रबन्धक सुरुचि पोखरेललाई स्थानीय प्रशासनले सम्पर्कमा रहन निर्देशन दिएको छ । तुलसी सहकारीमा सर्वसाधारणको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप जम्मा गरेका थिए । सहकारीले सर्वसाधारणको रकम अवैध तरिकाले नटराज एग्रोमा छ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरदहस्थित तुलसी राइस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा १० करोड लगानी गरेको छ । यद्यपि संस्थाको लेखापरीक्षण रिपोर्टमा भने ४० लाख रुपैयाँ मात्रै लगानी रहेको देखाइएको छ । तुलसी सहकारीका अध्यक्ष शर्मा शिखर अर्गनाइजेसन ग्रुपका पनि अध्यक्ष हुन् । उक्त ग्रुुपले विभिन्न ३२ वटा कम्पनी खोलेर ग्रुपका उपाध्यक्षमा शर्माकै छोरा काल्स शर्मालाई महत्वपूर्ण जिम्मेवारी दिएर नियुक्ति गरिएको छ ।
तुलसी सहकारीको लेखापरीक्षण प्रतिवेदनमा उद्योगमा जम्मा लगानी ४० लाख मात्र भएको देखाएर अरु लगानी बैंकको ऋणमा देखाइएको छ । तर निक्षपकर्ताको रकम त्यहाँ लगानी भएको सहकारीकै एक कर्मचारीले जानकारी दिए । यस्तै सहकारीकै स्वामित्वमा पानी उद्योग र राइस तथा चिउरा मिल मात्रै देखाइएका छ । अन्य उद्योगमा अध्यक्ष शर्माले आफ्नो एक्लौटी लगानी रहेको देखाएका छन् । सहकारीमा विराटनगरमा मात्र करिब छ हजार सर्वसाधारणको ६५ करोड बचत गरेको थिए । त्यसमा मोरङ, झापा, सिरहा र उदयपुरको बचतकर्ताको रकम जोड्दा एक अर्ब ४८ करोड ५५ लाख पुग्ने दाबी गर्न थालिएको छ । तुुलसी सहकारीका सचिव न्यौपानेले सहकारीकै रकम भाइ सागर न्यौपानेलाई दिएर बिर्तामोडमा एसमार्ट खोलेको र त्यसपछि थप छ लाख ऋण प्रवाह गरेको स्रोतले बताएको छ ।
यो सहकारीको विराटनगर शाखाको २०७८ असारको लेखापरीक्षण विवरणमा त्यो बेला सहकारीमा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार एक सय ४४ रुपैयाँ तथा नगद र सामान तीन करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया