दश दलको बैठक : उपराष्ट्रपतिको निर्वाचनबारे छलफल
काठमाडौं,नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा समझदारी गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले भने, “विशेषतः उपराष्ट्रपतिको निर्वाचनका निम्ति दश दलबीच समझदारी कायम गर्नेबारे छलफल भएको थियो, छलफल सकारात्मक भएको छ, पुनः बिहीबार बसेर टुङ्गोमा पुग्नेछौँ ।”
उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी ९जसपा०लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ । जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ । नेकपा ९एमाले०को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी रहेका थिए ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने
- आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ
- बजेट वक्तव्य: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड
- बजेट वक्तव्य: एक लाख ‘रिटर्नी’ लाई स्वरोजगार बनाइने
- बजेट वक्तव्य: प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड
- सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा
- अर्थमन्त्री पुनद्वारा आव २०८१-८२ को बजेट प्रस्तुति सुरु
- विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया