भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छिन् । नयाँ दिल्लीमा बुधबार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा उनले दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।
‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता रहेको छ’, उनले भनिन्, ‘भारतमा बोसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्नेगरेका छन् ।’ यस्तै उनले नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुनेगरेका प्रति भारत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
यसमा दुवै देशका सेवाप्रदायक र नियामक सजग हुनुपर्ने उनको भनाइ थियो । यसैगरी उनले भारतमा नेपाली भाषीको ठूलो संख्या रहेकोले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाउन आग्रह गरिन् । भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेका तर्फ उनले ध्यानाकर्षण गराइन् । साथै उनले नेपालमा अत्याधुनिक छायांकन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्ताहरूलाई उत्प्रेरित गरिदिन पनि आग्रह गरिन् ।
सूचना प्रविधिको विकाससँगै यस क्षेत्रको जोखिम पनि बढ्दै गएको उल्लेख गर्दै उनले साइबर सुरक्षा प्रमुख चुनौतीको रूपमा देखा पर्न थालेको बताइन् । बैठकमा उनले यसका लागि दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । हाल नेपालले भारतका सेवाप्रदायकमार्फत इन्टरनेट ब्यान्डविथ प्राप्त गर्नेगरेको स्मरण गराउँदै उनले नेपालले प्राप्त गर्ने ब्याण्डविथमध्ये ८० प्रतिशत एकै विन्दु (भैरहवा/सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवाप्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्यान्डविथ उपलब्ध गराउन सहजीकरण गरिदिन समेत आग्रह गरिन् ।
भारतले मोबाइल सेवामा फाइभ जी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा अनुभव नेपालका लागि पनि लाभदायी हुनसक्ने महसुुस गरेको उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया