विवादास्पद रुपेश पाण्डेलाई सीआईबीको संरक्षण !
काठमाडौं । छोटो समयमा धनी बनेका विवादास्पद छविका रुपेश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का प्रमुख उत्तम सुवेदीले संरक्षण गरेको पाइएको छ ।
गत वर्ष कान्तिपथमा रहेको ग्रीनलाइन नामको विदेशी मदिरा बेच्ने पसलमा भएको बैंकको तालाबन्दी काण्डमा मुछिएका पाण्डेले सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक शैलेन्द्र खनालको स्रोत नखुलेको रकम बिचौलिया बनेर लगानी गरेको र मदिरा पसलका सञ्चालकसँग भारतमा लेनदेन भएपछि विवाद सल्टिएको निकै चर्चा चले पनि त्यस विषयमा सरोकारवाला निकायहरुले छानबिनका लागि अहिलेसम्म खासै चासो दिएका छैनन् । प्रहरी प्रशासनले छानबिनका लागि चासो नदिनुको कारण पाण्डेले सीआईबीलगायत प्रहरी प्रशासनमा रहेको साँठगाँठ नै मुख्य रहेको छ ।
बारा पर्साको सीमा क्षेत्रबाट प्रहरी प्रशासनसँगको मिलेमतोमा साइकलमा बोकी सामान ओसार्दा ओसार्दै रातारात धनी बनेका पाण्डे नेपालमा छिटो धनी हुने व्यक्तिहरुको सूचीमा अग्रणी मानिन्छन् र तिनै विवादास्पद व्यक्ति पाण्डेलाई अनियमितताको अनुसन्धान गर्ने प्रहरीको आधिकारिक निकाय सीआईबीका प्रमुख सुवेदीले काखी च्याप्नुलाई निकै रहस्यमय मानिएको छ । पाण्डे र सीआईबी प्रमुख सुवेदीबीचको अस्वाभाविक हिमचिम देखेर सीआईबीकै अन्य अधिकारीहरु आफैँ लज्जित हुने गरेको समाचार स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया