Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल उद्योग परिसंघद्वारा निजी सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण

नेपाल उद्योग परिसंघद्वारा निजी सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण


काठमाण्डौं,चैत १२
नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सकृयता बढाएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेका हुन् । हाल परिसंघसँग उपलब्ध रहेको सामान उपलब्ध गराइएको र निकट भिवष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रीहरूसमेत उपलब्ध गराउने उनले जानकारी दिए ।

अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरू हस्तान्तरण गरेको बताए । यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो । हस्तान्तरणका अवसरमा परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल पनि सहभागी भएका थिए । यसअघि परिसंघले स्वास्थ्य संकटको यो घडीमा आ–आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत सबैसँग विशेष अनुरोध गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया