एमसीसी र यूएसएडमार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक
काठमाडौं,नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध भइरहेको बेला अमेरिका भने सोही परियोजनामार्फत नेपालमा अनुदान रकम थप गर्न इच्छुक देखिएको छ ।पछिल्लो समयमा अमेरिका एमसीसीको माध्यमबाट नेपालमा ‘अन्य’ गतिविधि बढाउन लागेको भनेर आशंका गरिएको बेला अमेरिकाले नेपालको आर्थिक अवस्थालाई सुधार गर्न भन्दै रकम थप गर्न इच्छुक देखिएको मात्र होइन नयाँ योजनामा लगानी गर्न पनि तयार रहेको जनाएको छ ।
यद्यपि नयाँ लगानीको क्षेत्रबारे भने अमेरिकाले केही बताएको छैन । नेपालले नै क्षेत्र तोकेपछि अमेरिकाले सहयोग गर्नेछ ।नेपालमा अनावश्यक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन दिनुहुँदैन भनेर आवाज उठिरहेको बेला यहाँको अर्थतन्त्र थप कमजोर बन्दै चालू खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था सिर्जना हुँदै गएपछि सरकार वैदेशिक सहयोग लिन आतुर देखिन्छ । यही आर्थिक कमजोरीको फाइदा लिँदै अमेरिकाले नेपालमा नयाँ परियोजनामा पनि लगानी गर्न तयार रहेको जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बुधबार भेट गरी नेपाललाई थप आर्थिक सहयोग दिन तत्पर रहेको जानकारी दिएका हुन् ।मिलेनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड)मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटमा राजदूत थम्प्सनले मन्त्री महतलाई जानकारी गराएको बताइएको छ ।
उनीहरुबीच अर्थ मन्त्रालयमा भेट भएको थियो । भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । सोही क्रममा राजदूतले थप परियोजनामा अमेरिका लगानी गर्न तयार रहेको बताएका थिए ।
कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थम्प्सनबीच छलफल भएको मन्त्री डा. महतले बताएको राससले पनि जनाएको छ । ‘नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ’, मन्त्री महतले भने भन्दै राससले जनाएको छ ।
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया