दमौली । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले राससलाई भने , “विज्ञ केन्द्रको वार्षिक कार्यक्रमअनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौँ । आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
उनका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुरलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्णखोप लगाइँदैछ । “सात पालिकाबाहेकका ऋषिङ , घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकताअनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआरलगायतका खोप अभियान पनि सञ्चालनमा छ”, उनले भने ।
पूर्णखोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ । कुनै वडामा दुई खोपकर्ता परिचालित छन् । सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताए । “सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्णखोपका लागि परिचालन गरिएको छ”, उनले भने ।
उनका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्णखोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरु पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ । जिल्लाको म्याग्देका छ सय ८६ गाईगोरु, एक हजार एक सय ८३ भैँसी, सात हजार सात सय ५० बाख्रा, एक हजार दुई सय ९५ सुँगुर बङ्गुर, छ सय ५२ कुकुर र ८३ बिरालोलाई पूर्णखोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए ।
म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ । “एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्णखोप लगाइसक्छौँ”, उनले भने । गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्णखोपयुक्त बनाएर सङ्क्राम रोग निर्मूल पार्ने योजना बनाएको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात–निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ ।
पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया