Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओलीलाई भ्रष्ट्राचारी करार गरिएको भन्दै एमालेद्वारा सरकारसँग स्पष्ट जवाफको माग

ओलीलाई भ्रष्ट्राचारी करार गरिएको भन्दै एमालेद्वारा सरकारसँग स्पष्ट जवाफको माग


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भन्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् ।

प्रमुख सचेतक गिरीले शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गत जेठ १० गतेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरे ।

उनले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाण बिना सत्ता पक्षले आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म संसद चल्न नदिने स्पष्ट पारे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया