अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
सरकारले अर्थतन्त्रलाई गति पैदा गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमनत्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाउने बताए । यस्तै, बजेटमा तीव्र आर्थिक विकास गर्ने, गुणस्तरीय सामाजिक विकास न्याय, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उच्च आय तथा रोजगारीको गरिबी न्यूनीकरण गर्ने, समृष्टिगत आर्थिक स्थायित्व, सङ्घीयताको सबलीकरण र सुशासन तथा सार्वजनिक खर्च वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
आगामी आर्थिक वर्षको बजेटले कृषि, ऊर्जा, पर्यटन लगानी प्रवर्द्धन, औद्योगिक विकासलाई प्राथमिकता दिएको छ । यस्तै, बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउने, सामाजिक सुरक्षामा ध्यान दिने तथा पूर्वाधार निर्माण, विद्युतीय प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, वातारणको संरक्षण पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सार्वजनिक वित्तीय प्रणालीमा सुधार वित्तीय सङ्घीयताको सबलीकरण गर्ने बजेट प्रणालीमा सुधार गर्ने लक्ष्य राखिएको छ । यस्तै, बजेटले उस्तै प्रकृतिका २० वटा संस्थासमेत खारेज गरेको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया