काठमाडौं । मकवानपुरको गढी गाउँपालिका–२ ठूलोदमारबाट अवैध लागुऔषध गाँजा करिब नौ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका–१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना. ६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको छिपहरमाई गाउँपालिका–५ ब्रहम चोकबाट नियन्त्रित लागुऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भीमेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका–४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बागमती प्रदेश–०३–००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया