एनसेलको पुँजीगत लाभकरको विवादको अन्त्य एकै दिन बुझायो १४ अर्ब ३३ करोड
काठमाण्डौं,वैशाख १
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लामो समयदेखि देखिएको पुँजीगत लाभकरको एउटा विवाद अन्त्य भएको छ । एनसेलले आइतबार एकै दिन १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ ठूला करदाता कार्यालयमा जम्मा गरेको छ । आइतबार जम्मा गरेको उक्त रकमसहित एनसेलले आयकरबापतको २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।
एनसेलले आयकर ऐन २०५८ बमोजिम उक्त रकम बुझाएको हो । एनसेलले रकम बुझाएको कारण राजस्व संकलनमा ठूलो योगदान मिलेको छ । चैत महिनामा लकडाउनको कारण आर्थिक गतिविधि ठप्प हुँदा राजस्व संकलन चालू आर्थिक वर्षमै सबैभन्दा कमजोर
बनेको थियो ।
एनसेलले पुँजीगत लाभकरबापतको २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार नौ सय ५५ रुपैयाँमध्ये गत पुस १५ गते चार अर्ब ५० करोड रुपैयाँ र यही चैत १८ गते चार अर्ब ६० करोड रुपैयाँ ठूला करदाता कार्यालयमा जम्मा गरेको थियो । एनसेलले ब्याजसहित उक्त २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको हो ।
ठूला करदाता कार्यालयको गत मंसिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पुँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमादाखिला भएको हो । पुँजीगत लाभकरबापतको रकम नबुझाउँदासम्म एनसेलको सिम बहिष्कार गर्ने आन्दोलन नै चलेको थियो ।
पुँजीगत लाभकारको विषयलाई लिएर विभिन्न समूहले एनसेलमाथि आक्रमण गर्दै आएको छ । कतिपयले अदालतको कारण एनसेलले कम रकम पुँजीगत लाभकार बुझाएको आरोप पनि लगाउने गरेका छन् । यद्यपि एनसेलले अदालतले तोकेअनुसार रकम बुझाएर कानुनलाई स्वीकार गरेको देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया