न्युयोर्क । प्रत्येक वर्ष न्युयोर्क नेवाः गुठीले गर्दै आएको सामूहिक इही कार्यक्रम ७औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ ।
नेवाहरुको इही भनेको कन्यालाई विधि अनुसार सौभाग्यका रुपमा भगवान्लाई साक्षी राखी गरिने एउटा महत्वपूर्ण कार्य हो । इही पूजा सम्पन्न गर्न आठदेखि दस घण्टासम्म लाग्छ । कन्याहरु निराहार बसेर पूजामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुुन्छ ।
लामो विधि अनुसार पूजा सम्पन्न भएपछि कन्यालाई एक किसिमको विविध धागोले बनाइएको साडी र सिन्दुुर लगाइदिएर विभिन्न उपहार दिने गरिन्छ ।
७औँ इही पूजामा ६ जना कन्याको पूजा गरिएको थियो । न्युयोर्क निवासी, लंगआइलन निवासी र बोस्टन निवासी पूजामा सहभागी भएका थिए ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित धरमा हाउसको हलमा भएको उक्त पूजाको पुरोहित बाशल राजोउपाध्याय थिए ।
सजना महर्जनको प्रमुख व्यवस्थापन, सुरजलक्ष्मी श्रेष्ठको सहव्यवस्थापन र पूजामा पुरोहितलाई साथ दिने र विशेष किसिमको परिकार राखी थाय भुको व्यवस्थापन हृदय तुलाधर र अनिता नकर्मीले गरेका थिए । पूजामा महत्वपूर्ण सहयोगीको भूमिका कृष्णमाया महर्जन, मुना डंगोल र सरिता श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा नेवाः गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंहले इहीमा सहभागी ६ जना कन्या एलिसा थांजु, सिचु श्रेष्ठ, युरिका डंगोल, नेहा श्रेष्ठ, अटुमन राई श्रेष्ठ, र जयदा अमात्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
अध्यक्ष सिंहले सहभागीहरु र कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेवाः गुठीले नेवाहरुको कला, संस्कृतिलाई बचाइराख्न, भावि पुस्तालाई देखाउने, सिकाउने र प्रवद्र्धन गर्दै आएको बताउँदै प्रत्येक वर्ष आफ्नो कार्यक्रम गर्दै आएकोले यसलाई सहयोग गर्न सबैलाई आह्वान गरेका छन् ।
नेवाः गुठी न्युयोर्कले नयाँ वर्षको भिन्तुना कार्यक्रम, इन्द्रजात्रा कार्यक्रम, म्हपूजा, रञ्जना लिपि सिकाउने धिमय बाजा सिकाउने, धिमय नाच सिकाउने लगायत प्रत्येक वर्ष सामूहिक व्रतबन्ध(कायता पूजा) र इही पूजा गर्दै आएको पनि उहाँले जानकारी दिए ।
कार्यक्रममा झन्डै १५० जनाको सहभागिता थियो । कार्यक्रमको अन्त्यमा नेवारी भोजको आयोजना गरिएको थियो ।
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया