लागुऔषध दुर्व्यसन र साइबर अपराध रोक्न सचेतना अभियान
काठमाडौं । पछिल्लो समय सामाजिक विकृतिको रूपमा देखिएको लागुऔषध दुर्व्यसन र साइबर अपराध रोक्न जिल्ला युवा समिति दोलखाले चासो देखाएको छ । समितिले जिल्ला प्रशासन कार्यालयको सहकार्यमा लागुऔषध दुर्व्यसन र साइबर अपराधबारे बुधबार सदरमुकाम चरिकोटमा चेतनामूलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा कालिञ्चोक माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्यनरत दुई सय ५३ जना विद्यार्थीलाई लागुऔषध दुव्र्यसन र साइबर अपराध रोक्ने उपाय र सन्देशका विषयमा जानकारी गराइएको थियो । सहभागीलाई पशुपति चौँलागाई स्मृति अस्पतालका प्रमुख ज्ञानेश्वर श्रेष्ठले लागुऔषधले पार्ने असर र बच्ने उपायका बारेमा जानकारी गराएका थिए । किशोर अवस्थाका बालबालिका धेरै मात्रामा लागुऔषधमा फस्ने गरेको उनले उल्लेख गरे । यस्तै, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले साइबर अपराध भनेको के हो ? साइबरअन्तर्गत पर्ने कुराहरू र यसबाट बच्न ध्यान दिनुपर्ने कुराको बारेमा प्रशिक्षण दिएका थिए । उनले लागुऔषध नियन्त्रणसम्बन्धी कसुर र सजायहरूको बारेमा पनि जानकारी गराएका थिए ।
साइबर अपराध र सहरमा बस्ने युवाहरूमा बढ्दो लागुऔषध दुव्र्यसनी रोक्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार, साइबर सुरक्षा
ट्याग : #Page 8
ताजा अपडेट
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया