Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह

विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह


पेरिस । युरोप भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युरोपेली संघ (ईयू) आयोगका अध्यक्ष उसुला भान डेर लेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न आग्रह गरेका छन् । युरोप भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सीलाई सोमबार फ्रान्सको राजधानी पेरिसमा भएको शिखर सम्मेलनमा यस्तो दबाब दिएका हुन् ।

म्याक्रोनले रुस–युक्रेन युद्धमा बेइजिङको समन्वय पूर्णरूपमा निर्णायक भएको भन्दै युद्ध रोक्न र युरोप–चीन व्यापारमा निष्पक्ष नियम पालना गर्न आग्रह गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सीले चीन र ईयू सधैँ साझेदार रहनुपर्ने र विश्वको शान्ति र विकासमा नयाँ योगदान दिन रणनीतिक समन्वय आवश्यक रहेको बताए ।

ईयूले युक्रेनविरुद्ध रुसको आक्रामक युद्ध अन्त्य गर्न रुसमाथि आफ्नो सबै प्रभावको प्रयोग गर्न चीनमाथि भरोसा राख्दै आएको डेरलेनले बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन नजिकैका सेनालाई संलग्न गर्दै आणविक हतियार अभ्यासको आदेश दिएको केही घन्टापछि भान डेरलेनले सी जिनपिङले रुसको आणविक धम्कीमा तनाव कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया