Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारभविष्य निर्माण महिला साकोसले १करोड २६ लाख ९७ हजारअसुरक्षित ऋण लगानी गरेको ठहर

भविष्य निर्माण महिला साकोसले १करोड २६ लाख ९७ हजारअसुरक्षित ऋण लगानी गरेको ठहर


दोलखाको बैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा रहेको भविष्य निर्माण महिला बचत तथा ऋण सहकारी संस्थाले १ करोड २६ लाख ९७ हजार ५ सय४७ रुपैयाँ असुरक्षित ऋण लगानी गरेको पाइएको छ।

केहि महिना अघि सहकारीमा संचालक र कर्मचारीको मिलेमतोमा विना प्रक्रिया र विना धितो ऋण लगानी भएको गुनासो आए पछि बैतेश्वर गाउँपालिकाले छानबिन समिति गठन गरेर छानबिन सुरु गरेको थियो।उक्त समितिले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा एक करोड २६ लाख ९७ हजार पाँच सय ४७ रुपैयाँ ऋण लगानी असुरक्षित देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ।

कुल ३ करोड ९५ लाख ३१ हजार चार सय ३५ रुपैया ऋण लगानीमा १ करोड २६ लाख ९७ हजार ५ सय ४७ रुपैयाँ असुरक्षित ऋण लगानी भएको पाइएको हो।त्यस्तै समितिको प्रतिवेदनमा ९०लाख २९ हजार ऋण लगानी उच्च जोखिममा रहेको छानवीन समितिले ठहर गरेको छ्।बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको संयोजकत्वमा बनेको ८ सदस्यीय छानवीन समितिले संस्थाले १ करोड ७८ लाख ४ हजार ८ सय ८८ रुपैयाँ ऋण लगानी मात्रै सामान्य तथा सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

त्यसैगरी पुस मसान्तसम्मको बाह्य ऋण लगानीमा समेत फरक देखिएको छ।पुस मसान्तसम्म संस्थाको सफ्टवेयरमा देखिएको ३१ लाख ७७ हजार १ सय ५२ रुपैयाँ छ भने,नेफ्सकुन स्टेटमेन्टमा ३२लाख ५० हजार रुपैयाँ देखिएको छ।सफ्टवेयर र स्टेटमेन्टमा ७२ हजार ८ सय ४८ रुपैयाँ फरक देखिएको छानवीन प्रतिवेदनमा उल्लेख गरिएको छ।त्यस्तै समितिले भविष्य निर्माण महिला संस्थाका सकारात्मक पक्ष ३ वटा मात्रै देखेको छ भने, ३० वटा समस्या रहेको उल्लेख गरेको छ। समस्याहरुमा प्रक्रियाहरु पुरा नगरी ऋण लगानी गरेको,दक्ष जनशक्तिको अभाव
,सदस्यहरुले इच्छाएको चाहेको समयमा बचत फिर्ता दिन नसकेकोविनियम निति तथा सहकारी मापदण्डअनुसार अनुसार सहकारी सञ्चालन नभएको,संचालक समितिहरुको निर्णयमा मतभेद रहेको,आवस्यकताको आधारमा नभई व्यक्तिगत हितमा ऋण लगानी गर्ने प्रवृति हाबी भएको,छाता संगठनहरुका सुझावहरु पुर्ण रूपमा कार्यान्वयन गर्न नसकेको,प्रविधिमैत्री संस्थाको विकास नभएको,लेखा सुपरिवेक्षण समितिले आफ्नो जिम्मेवारी पुरा नगरेको र संचालक समितिलाई नियन्त्रण र नियमन नगरेको,ऋण असुलीको जोखिम उच्च रहेको,संचालक पदाधिकारीको नाममा ठुला ऋण बढी देखिएको लगायतका ३० वटा समस्या छानवीन प्रतिवेदनमा उल्लेख गरेको छ।

त्यसैगरी संस्थामा आबद्ध सेयर सदस्यले उठाएका ११ वटा प्रश्न तथा आरोपमा छानबिन गर्दा धेरै जसो प्रश्न र आरोप सत्य भेटेको छ। समितिले आर्थिक अनियमितताको सम्पुर्ण कुरा पुरानो संचालक समिति र कर्मचारी बाट बाहिर आएको भन्ने हल्ला तथा आरोपको विषयमा पुर्व संचालक तथा कर्मचारीलाई साथमा राखी बास्तबिकता बुझ्न् अनुगमन गर्नुपर्ने देखिएको बताएको छ।

यसलाई संस्थाका पदाधिकारीले सुईकार गरेको पाइएको छ।त्यस्तै किर्ते हस्ताक्षर गरेर आफन्तको नाममा ऋण लगानी आरोप सत्य नभएको संचालक समितिले दाबी गरे पनि छानबिन समितिले सदस्यको उक्त गुनासोलाई छानबिन गर्दा आफन्तको नाममा विना धितो,बिना प्रक्रिया केहि ऋण लगानी भएको ठहर गरेको छ।संस्थाको कारोबारमा प्रश्न उठेपछि बचत कर्ता बचत फिर्ता र निकाल्न खोज्दा नदिएको कुरा सत्य भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसैगरी संस्थाकी अध्यक्षले किर्ते हस्ताक्षर गरि ऋणलिई चुप बसिदिन गरेको आग्रह आरोप झुट भएको जवाफ प्राप्त भएको तर छानवीन गर्दा संस्थाका संचालक समिति र व्यवस्थापकले नजिकका नातेदारमा ऋण लगानी गर्दा प्रक्रियामा लचिलोपना अपनाएको उल्लेख गरेको छ्। पालिका अध्यक्ष छवि लामाको संयोजकत्वमा बनेको छानबिन समितिको सदस्यमा वडा नम्बर-५ का वडा अध्यक्ष भुवन घिमिरे,बैतेश्वर गाउँपालिका प्रशासन प्रमुख रबिन्द्र चौलागाईं,सहकारी अभियान्ता मुक्ति प्रसाद दहाल,दोलखा जिल्ला बचत संघका कोषाध्यक्ष तेन्जिङ शेर्पा,नेफस्कुनका फिल्ड अधिकृत पवन घिमिरे,जिल्ला बचत संघका व्यवस्थापक राजकुमार शिवभक्ति र बैतेश्वर गाउँपालिका न्यायीक सहजकर्ता नविन कुमार खतिवडाको टोलिले संस्थाको छानवीन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो। सुबास बस्नेत


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, सहकारी–कृषि

तपाईको प्रतिक्रिया