काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । अघिल्लो दिन सात दशमलव ५० अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार ७९ दशमलव ७४ अंकले उकालो लागेर २६ सय ७७ दशमलव ५४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५१ बिन्दुले उकालो लागेर चार सय ६८ दशमलव ३८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ५८ हजार ९४ पटकको कारोबारमा एक करोड तीन लाख ८९ हजार ७७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।