काठमाडौं । नेपाल राष्ट्र बैंकले आफूले खेल्ने ठाउँ भेटेपछि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यार्थ भनी विभिन्न बैंक तथा फाइनान्स कम्पनीहरूमा सर्कुलर गरेको छ । गत मंसिर १९ गते सर्वोच्च अदालतको संयुक्त इजलासको एक फैसलापछि राष्ट्र बैंकले असार २५ गते तद् कार्यार्थ सर्कुलर गरेको हो ।
उतिबेलाका अधिवक्ता र अहिले रास्वपाका सांसद समेत रहेका मधुकुमार चौलागाईले नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा फाइनान्सका सीईओ र सञ्चालक समितिलाई विपक्षी बनाएर हालेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले रिट खारेज गरेको थियो । रिट खारेज हुने ठहर गरिसकेपछि इजलासले अर्को बुँदामा ‘तथापि’ भनी थप व्याख्या गरेको छ । त्यसअनुसार राष्ट्र बैंकको उक्त सर्कुलरले बैंक तथा फाइनान्सहरूले के गर्ने वा के नगर्ने भन्ने निक्र्यौल गर्न अप्ठ्यारो परेको बताएको छ । दोहोरो अर्थ लाग्ने फैसलाको निष्कर्ष निकाल्न नसकेर बैंक तथा फाइनान्सका व्यवस्थापनमा रहेका व्यक्तिहरू छटपटिएका हुन् ।