काठमाडौं । दुई तिहाइ बहुमतको समर्थनसहित सत्तारोहण गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो हनिमुन अवधि पूरा गरेको केही समय बित्न नपाउँदै अस्वाभाविक किसिमले घटनाक्रम विकास हुन थालेका छन् । यसलाई स्वतन्त्र विश्लेषकहरूले बालेनको सत्तामा ‘कमिलाको प्वाँख’ पलाउन लागेका संज्ञा दिएका छन् ।
पञ्चायतको मलामी भनेर चिनिने पूर्वप्रधानमन्त्री मरिचमान सिंहको पदचिह्न पछ्याएर हिँडेंका प्रधानमन्त्री शाहले पछिल्लो पटक आफ्नै पार्टीका नेताहरूको गिद्दे दृष्टिका कारण सत्ताच्यूत हुने सूचनामूलक संकेत पाएपछि उनले पार्टी सभापति समेत रहेका दागी नेता रवि लामिछानेसँगको निरन्तर भेटघाट र छलफललाई तीव्र बनाएका छन् । प्रधानमन्त्री बालेनले रास्वपाको सत्तामा आफ्नो विकल्प खोज्ने प्रयास भएपछि गत शनिबार र आइतबार सभापति लामिछानेसँग लामो भेटवार्ताका बारेमा औपचारिक रूपमा केही बताइएको छैन ।
तथापि स्वतन्त्र समाचार स्रोतहरूले उनीहरू बीच सत्ता स्वार्थ केन्द्रित लामो वार्ता भएको जनाएका छन् । आफू दागी भएकाले तत्काल सत्तामा जान आप्ठ्यारो परेकाले सभापति लामिछानेले प्रधानमन्त्री बनाउने सर्तमा शाहलाई रास्वपामा भित्र्याएर चुनावमा गएका थिए र उनकै नाममा रास्वपाले झण्डै दुई तिहाइ बहुमत पाएको थियो । रास्वपाले चुनाव जितेर सरकार बनाउँदासम्म रास्वपामा दुई गुट मात्र थियो एउटा रवि गुट, अर्को बालेन गुट । सत्ताको उन्माद लाग्दै गएपछि रास्वपामा गुट बढ्दै जाने देखियो । त्यसलाई न्यूनीकरण गर्न डीपी अर्याललाई सभामुख बनाएर पन्छाउने काम गरियो तर त्यसपछि अर्को समूह निस्कियो स्वर्णिम वाग्ले गुट ।
अहिले बालेन सरकारको अर्थमन्त्री रहेका वाग्लेका रहस्यमयी चलखेलका कारण सभापति लामिछाने र प्रधानमन्त्री शाह दुवै जना सशंकित बन्न पुगेका छन् । त्यही कारण उनीहरूबीच तारन्तार गोप्य भेटवार्ता हुन थालेका हुन् । सत्तारोहणका सुरुवाती दिनदेखि नै बालेन–सत्ताले इरानका शाहको आफ्नो सत्ताको सत्ताको अन्त्यतिर ज्यादती गर्न अपनाएको शावक नीति अपनाएको थियो । सावक नीतिअन्तर्गत हरेकका पछाडि गुप्तचर खटाइन्थ्यो । नेता, पत्रकार, कर्मचारी मात्र स्वयम् गुप्तचरका पछाडि अर्को गुप्तचर खटाइन्थ्यो । बालेन–सत्तामा मन्त्रीका पछाडि पीएमओ प्रतिनिधिका रूपमा छाया मन्त्री खटाइएका छन् । कर्मचारी प्रशासनमा नियम कानुनले नचिन्ने सल्लाहकारहरूको गलगाँड थुपारेर समानान्तर कर्मचारी प्रशासनको व्यवस्था गराइएका छ ।
मन्त्रीहरूले देशी–विदेशी प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दा पीएमओ प्रतिनिधिका नाममा सुराकी खटाइएको छ । यहाँसम्म कि मन्त्रीसँग भेटवार्ताका लागि इमेल गरेर समय मिलाएर गएका व्यक्तिले छाया मन्त्रीसँग वार्ता गर्नुपर्ने बाध्यता परेको एक भुक्तभोगीले बताएका छन् । सेनाको आडमा प्रेसलाई नियन्त्रण गरेर सुरु भएको बालेन सरकार गठन भएको तीन महिना पुग्दा नपुग्दै ढल्न लागेको हल्लाले सहर पिटेको छ । गरिब निमुखा र सुकुमबासीलाई उठीबास लगाएर विचल्ली बनाएर धनीमानी सामन्तहरूको मालपानी र सेवामा रमाएको सरकारले समानान्तर शासन प्रशासन चलाउन तिनै काला व्यापारीहरूसँग गुप्त रूपमा चन्दा उठाएको हुनपर्ने चर्चा पनि चलेको छ । प्रहरी प्रशासनलाई नतस्तक बनाएर चलाइएको बालेन–सत्तामा बोलेकै कारण पनि नागरिकहरूमाथि धमाधम धरपकड गरिएको छ ।
डर त्रास र भयको शासन चलाएर आफूलाई बादसाह साबित गर्न खोज्दा भगवान् विष्णुको कानबाट कानेगुजीको रूपमा मधु–कैटक नामका राक्षस उत्पन्न भएर दैत्य राजको सुरुवात गरेजस्तै बजेट भाषणमा भएको बीवाईडी काण्डबाट सिर्जित परिस्थिति र आर्जित रकम प्रयोग गरेर रास्वपामा विद्रोह गरेर अर्थमन्त्री स्वर्णिम वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेर प्रधानमन्त्री हुने चर्चाले गगन कांग्रेसको कित्तामा फेरि चमक पलाएको छ । परराष्ट्र नीतिमा समेत सन्तुलन गुमाएपछि विदेशी मित्रराष्ट्रसमेत बालेन–सत्तासँग ससंकित हुन पुगेको अवस्थामा विदेशीहरूकै गोटीका रूपमा चलेर जीवन चलाउँदै आएका अर्थमन्त्री वाग्लेले पार्टी फुटाउन लागेको गोप्य सूचनापछि सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच तारन्तर गोप्य भेटवार्ता चल्नुले बालेन–सत्तामा संकट आइपरेको हुनसक्ने अनुमान गर्न थालिएको छ ।
बालेन–सत्तामा सुशासनको नाममा सर्वत्र गरिएको दमनको पराकाष्ट नाग्दै गएको बेला जनस्तरमा मुर्दाशान्ति छाइरहेको बेला रास्वपाको सत्ताभित्रै विद्रोहको गृहकार्य भएको हुनसक्ने रवि–बालेनको निष्कर्ष रहेको बुझिएको छ ।