राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ बहुमतको सरकार गठन भएको ६ महिना बित्न नपाउँदै आन्तरिक रूपमा शक्ति संघर्ष चुलिँदै गएको छ । गएको चैत १३ गते रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह संविधानको धारा ७५ को उपधारा १ अनुसार बहुमतप्राप्त दलको नेताको हैसियतमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।
शाहको नेतृत्वमा अत्यन्त बलियो सरकार गठन हुँदा आम नागरिकले ठोस परिवर्तनको आशा राखेर स्वागत गरेका थिए । त्यसो त उनी भावी प्रधानमन्त्रीका रूपमा उम्मेदवार बन्दा नै जनताले अत्यन्त उत्साहित भएर उनको समर्थन गरेका थिए । उनकै कारण रास्वपाको पक्षमा देशव्यापी रूपमा अभूतपूर्व जनलहर आयो र झण्डै दुई तिहाइ बहुमत सिट जितेको थियो । कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेशवादी दलहरूलाई जनताले मत हाल्नै चाहेनन् र उनीहरूको विकल्पका रूपमा प्राविधिक रूपमा रास्वपालाई उम्मेदवार नै नचिनेको अवस्थामा पनि मत हालेका थिए ।
उनीहरूले त्यो मत रास्वपा सभापति रवि लामिछानेको मुख हेरेर हालेका थिएनन्, त्यहाँ पनि रवि नयाँ थिएनन्, उनी पनि पुरानै थिए, पूर्वउपप्रधान तथा गृहमन्त्री थिए तर प्राविधिक रूपमा रास्वपामा प्रवेश गरेर बालेनले चुनाव लडेका कारण जनताका लागि रास्वपाले प्राविधिक रूपमै नयाँ पार्टीको मान्यता पायो र जनताले बालेनका लागि अाँखा चिम्लिएर मतदान गरे । त्यही कारण पनि अप्रत्यासित जित हासिल गरेका थिए । गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सर्वेक्षणहरूले मात्र होइन, स्वयम् रास्वपाले गरेको पूर्वानुमान पनि फेल भएको थियो । त्यो चुनावअघिको सर्वेक्षण अहिले बालेनलाई रिकलका नाममा हटाएर रविलाई चोख्याएर सत्तारोहण गराउने पूर्वाभ्यास भइरहँदा भएको एउटा विदेशी सर्वेक्षणले बालेनको लोकप्रियतामा कुनै कमी नआएको देखाएको छ ।
तर उनी जतिसुकै लोकप्रिय भए पनि जनचाहनाको काम गर्न किन सकिरहेका छैनन् ? भन्ने प्रश्न उठेको छ । दुई तिहाइ बहुमतको समर्थनप्राप्त शक्तिशाली प्रधानमन्त्री भए पनि उनले केही समयअघि एक्लोपन महसुस भएको स्टाटस लेखेर आफ्नो व्याथा पोखिसकेका छन् । उनी प्रधानमन्त्री भएसँगै पार्टी सभापति रलिलाई भित्रभित्रै जलन हुन थालेको थियो । आफ्नो नाममा खोलिएको पार्टीले दुई तिहाइ बहुमत पाए पनि आफूलाई रोकेर एउटा नवआगन्तुक बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भए पनि उनमा छटपटी सुरु भएको थियो र बाध्यताले बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आए पनि सत्ताको कमाउन्ड आफ्नै हातमा पार्ने भित्री तानावाना बनाउन उनी पछि परेका थिएनन, ¥यापार ट्यापे जे भनिए पनि देखेको र मनमा लागेको कुरा प्याच्च बोलीहाल्ने बानी भए पनि लुट्ने खाने, भ्रष्टाचार गर्ने कमाउने महत्वाकांक्षाचाहिँ प्रधानमन्त्री बालेनमा देखिएको छैन ।
यद्यपि उनको मन्त्रिमण्डलमा र सल्लाहकार समूहमा रहेका एक सय २८ जना सल्लाहकार राखे पनि उनीहरूको सही सल्लाहकार अत्यन्त कम रहेको देखिन्छ र तीमध्ये धेरैजसो आ आफ्नो दुनो सोझ्याउने काममा लागेका छन् । ब ालेनको मन्त्रिपरिषद् बनाउँदादेखि सुरु भएको रविसँगको भागबण्डा अहिलेसम्म रोकिएको छैन । गृह र कानुन मन्त्रालयबाट प्रधानमन्त्री बालेनलाई पटक–पटक छलछाप र घोखाघडी भएका छन् । कानुन र गृहको सम्पूर्ण प्रयास रवि, छवि र जीवीलाई चोख्याउनमै छ । गृहप्रशासन त्यसरी पङ्गु हुँदा प्रधानमन्त्री बालेन पूर्ण रूपमा सेनामा निर्भर हुनु परेको छ । अहिले निजामती र गृह प्रशासनका भ्रष्टजति रविकै घेरामा रहेर काम गरिरहेका छन् । प्रधानमन्त्रीको मतमा मन्त्रीको विमति देखेपछि कर्मचारी प्रशासन स्वतः आफ्नो दुनो सोझ्याउन लाग्छ ।
प्रधानमन्त्रीका योजनामा आलेटाले गर्ने मन्त्रीलाई रविको आशीर्वाद रहने गरेको छ । जस्तो कि कोरोला नाकाबाट अवैध रूपमा छिराइएका ७७४ वटा बीवाइडी गाडी नियन्त्रणमा लिएपछि गएको जेठ २१ गते साँझ फिरन्ते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर उनको मोबाइल खोसेर डाटा परीक्षण मात्र गरिएको थिएन कि उनीसँग ३ घण्टा लामो केरकार पनि भएको थियो । त्यस्तै घटना अख्तियार प्रमुख प्रेमराई लाई पनि भएको छ । उनीलाई बालेन सचिवालयले गत भदौ ४ गते साँझ केरकार गरेको थियो । केही समय उनलाई एक्लै राखेर केरकार गरेपछि आयुक्तहरूलाई समेत राखेर चार घण्टाभन्दा बढी समय केरकार गरिएको थियो । त्यसैको घटना भएको असोज १० गते पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई घरबाट उठाएर उपत्यका अपराध महाशाखा टेकु पु¥याएपछि त्यो दिन स्वयम् रास्वपा सभापति रवि लामिछानेलाई निवासबाट उठाएर बालुवाटार पु¥याएर तीन घण्टा बढी केरकार भएको छ । मोबाइल नियन्त्रणमा लिएर डाटा परीक्षण गरिएको समाचार स्रोतको दाबी छ ।
अहिले यथार्थमा प्रधानमन्त्री बालेन कामै गर्न नसक्ने अवस्थमा पुगेका छन् । प्रहरीले कुनै काम गरेको छैन । सशस्त्र प्रहरीको त्यही हालत छ । कप्तानगञ्ज घटनापछि गृहमन्त्री गुरुङले तराई भ्रमण गर्न लाग्दा दुवै प्रहरीले हात उठाएर सकिन्न भनेपछि सादा पोसाकका सेनाका बीचमा ताइको फुरौलोजस्तो थैथै पारेर हल्लाउँदै सेनाले लगेर थर्काएको थियो । जहाँ जसलाई जति केरकार गरे पनि सम्झाईबुझाई गरे पनि उनीहरूले उठौतीपुठौती गर्न छाडेका छैनन् । रविकै भान्जा सागर भनिने रामानन्द घिमिरेको फोन लिएर परीक्षण गर्ने हो भने पनि धेरै कुरा खुल्ने स्रोतको दाबी छ । उनका सालाहरू र श्रीमतिको कुरै भएन ।
मन्त्री नियुक्तिमा रविले भाग खोजेपछिका राजनीतिक राजदूत नियुक्तिसम्मका घटनामा सर्वत्र त्यस्तै छ, नेपाल वायुसेवा निगममा ७९ वर्षे वृद्धहरूलाई नियुक्ति दिएको घटना होस् वा नेपाल दूर सञ्चार प्राधिकरणमा पहिलो पटक गैरप्राविधिक अर्जुन घिमिरेलाई नियुक्त गरेको अवस्था होष्स्, ती सबैका पछि रविको दबाब रहेको प्रधानमन्त्री निकट स्रोतको दाबी रहेको छ । सभापति रविको दबाबमा नियुक्त बुद्धले निगम छाडेर हिँडेपछि अर्को मन्छे नियुक्त हुन सकिरहेको छैन । बालेन सरकार सत्तामा आएपछि नियुक्त गरिएका एक हजार पाँच सयभन्दा बढी पदाधिकारीले अहिले प्रधानमन्त्री शाहले भनेको काम नगरेर हैरान पारेका छन् । ती सबैको बेलो रविसँगै जोडिएको भटिएको छ ।
रविको बेइमानी र प्रधानमन्त्रीको बदमासी अहिलेको अवस्था रहेको बताइएको छ । प्रधानन्यायाधीश नियुक्तिको चुरो कुरो बुझ्न प्रधानमन्त्रीको सचिवालयलाई चार महिना लाग्यो, त्यही कारण अहिले सर्वोच्चमा दुई कनिष्ठ न्यायाधीशले बलजफ्तीपूर्वक प्रवेश पाउने अवस्था आएको छ । कुरा नबुझ्ने डेट्नाभेट्नाबाट घेरिएर बस्दा प्रधानमन्त्री सचिवालयबाट यो दुर्गम व्यहोर्नु परेको हो । सुरुमै मन्त्रिपरिषद्ले भटाभट राजीनीतिक नियुक्ति गरेको हटाउनले भटाभट राजनीतिक नियुक्ति गरेको हटाउन पर्ने पुराना नियुक्ति हटाएको र भागवण्डाको संस्कार त्यागेको भए त्यो अवस्था आउने नै थिएन । तर त्यसो नगर्दा अरु विपक्षीहरूका कारण नभई स्वयम् रास्वपा सभापति रविकै कारण बालेन सरकार कुनै एउटा जनताको मन छुने निर्णय पनि गर्न नसक्ने भएर कुँजो अवस्थामा पुगेको छ ।
अब दशैँ, तिहारको चाडपर्व सकिएपछि रविले बालेनलाई रिकल गर्ला, सरकार गिर्ला अनि आफ्नो दिन फिर्ला भनेर ढोग्सो थापेर बसेका मान्छेहरू पनि यहाँ नभएका होइन, तर उनीहरूको भन्दा पनि बालेन सत्ताको ठूलो समस्याचाहिँ रविको हर्कत नै हो । त्यो नसुध्रेसम्म बालेन सत्ताले संकटबाट उन्मुक्ति पाउने देखिँदैन तर रवि एउटा पात्र मात्र होइन, यो एउटा प्रवृत्ति बनिसकेको छ । त्यो अनियमिताको पर्याय बनेको प्रवृत्ति सुध्रिने सम्भावना पनि उत्तिकै कम रहेको छ । यही प्रवृत्तिका कारण मुलुक फेरि अर्को दुर्घटनातर्फ उन्मुख हुँदै गएको भान हुन थालेको छ ।