काठमाडौं, भिभोले आफ्नो वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । यो बजेटमैत्री स्मार्टफोनले भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
भिभो वाई ०५ईमा ५ हजार १५० एमएएच क्षमताको ब्याट्री रहेको छ । अत्याधुनिक ब्याट्री प्रविधिको प्रयोग गरिएको यस स्मार्टफोनमा ४ वर्षसम्म ब्याट्री हेल्थ कायम रहने सुविधा प्रदान गरिएको छ । टिकाउपनका हिसाबले पनि भिभो वाई ०५ई उत्कृष्ट विकल्प हो । यसमा रहेको आईपी६४ रेटिङले दैनिक प्रयोगका क्रममा धुलो तथा हल्का पानीका छिटाबाट सुरक्षा प्रदान गर्ने जनाइएको छ । साथै, एन्टी–ड्रप डिजाइनले सामान्य ठक्कर वा आकस्मिक रूपमा खस्न सक्ने अवस्थाबाट फोनलाई थप सुरक्षित राख्दै यसको टिकाउपन बढाउँछ ।
प्रयोगकर्तालाई अझ सहज र स्मूथ अनुभव दिन ओरिजिन ओएस ६ मा आधारित भिभो वाई ०५ईमा ५७० निट्ससम्मको उच्च ब्राइटनेस उपलब्ध छ । मनोरञ्जनको अनुभवलाई अझ प्रभावशाली बनाउन यसमा २०० प्रतिशत भोल्युम बुस्ट सुविधा समावेश गरिएको छ । ४/६४ जीबी भेरियन्टमा उपलब्ध भिभो वाई ०५ईको मूल्य १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।