काठमाडौं, सामसुङले नेपालमा नयाँ फोल्डेवल ग्यालेक्सी जेड सिरिज तथा वाच सार्वजानिक गरेको छ । कम्पनीले नयाँ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, फोल्ड८, फ्लिप८, वाच अल्ट्रा२ र वाच९ नेपालमा सार्वजानिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल स्मार्टफोनको अनुभवलाई थप विस्तार गर्दै उत्पादकत्व, सामग्री अनुभव र व्यक्तिगत अभिव्यक्तिलाई प्राथमिकता दिएको छ । यस सिरिजप्रति ग्राहकको चासो प्रि–अर्डर मै देखिएको कम्पनीको दाबी छ । ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले कम्पनीको प्रिमियम अल्ट्रा अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ । ठूलो कार्यक्षेत्र, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनसहितको यो फोन सिर्जनात्मक काम र मल्टिटास्किङका लागि लक्षित गरिएको छ । यसमा ८ इन्चको मुख्य डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।
यस्तै ग्यालेक्सी जेड फोल्ड८ नयाँ डिजाइनसहित आएको छ । यसलाई सामग्री हेर्ने, खोज्ने र अनुभव गर्ने दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाई छ । कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्न सकिने तथा मुख्य ४ः३ डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले ग्यालेक्सी फ्लिप८ फोनलाई व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिने फ्लिप फोनका रूपमा प्रस्तुत गरेको छ । यसमा ५० मेगापिक्सेल क्यामेरा, प्रोभिजुअल इन्जिन र फेक्सक्याम प्रविधि रहेको कम्पनीले जनाएको छ ।
यस्तै ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९ले स्वास्थ्य व्यवस्थापनलाई स्मार्टवाच मार्फत थप सहज बनाउने कम्पनीको दाबी छ । यी डिभाइसले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई व्यवहारिक सुझावमा रूपान्तरण गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । दुवै स्मार्टवाच स्न्यापड्रागन वेयर एलिट प्लेटफर्मबाट सञ्चालित छन् । नयाँ डिभाइस खरिदलाई सहज बनाउन कम्पनीले २४ महिनासम्मको मासिक किस्ता सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यसबाट ग्राहकले कम मासिक किस्तामा नयाँ प्रविधि प्रयोग गर्न सक्नेछन् ।
नेपालमा ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा १२/५१२ जीबीको मुल्य ३ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने १२/२५६ जिबीको मुल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै फोल्ड८ १२/२५६ जिबीको २ लाख ७४ हजार ९९९ रुपैयाँ, फ्लिप८ १२/२५६ जिबीको मूल्य १ लाख ९४ हजार ९९९ रुपैया र वाच अल्ट्रा२ को मुल्य १ लाख २३ हजार ४९९ रुपैयाँ तथा वाच९ को मुल्य त्रमश ४४
एमएमको ७१ हजार ४९९ रुपैयाँ र ४० एमएमको मुल्य ६६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।