काठमाडौं, नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले रसुवा बाढीपीडितको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । संघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी सहयोग हस्तान्तरण गरेको हो । उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा उपयोग हुने विश्वास संघले व्यक्त गरेको छ ।
संघले विपद्को यस गम्भीर अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत, उपचार, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण पनि जनाएको छ । साथै, बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दीर्घकालीन योजना तथा प्रभावकारी विपद् व्यवस्थापन आवश्यक रहेको संघको भनाइ छ । संघले विपद्को समयमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा नागरिक समाजबीच थप प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ ।