काठमाडौं, यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ । कम्युनिटीले आफ्ना सदस्यबाट संकलन गरेको ९३ हजार रुपैयाँबाट चामल, दाल, मिनरल वाटर र स्यानिटरी प्याडलगायत सामग्री खरिद गरी प्रभावित क्षेत्रमा पुर्याएको हो । सहयोग रकम संकलनमा नगद तथा अनलाइनमार्फत प्राप्त रकम समेटिएको र दाताहरूको विवरण सार्वजनिक गरिएको कम्युनिटीले जनाएको छ ।
गत भाद्र १० गते रसुवा जिल्लामा आएको बाढीबाट पुल तथा घरहरूमा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको ब्लू स्ट्रीक्सले जनाएको छ । कम्पनीका अनुसार राहत सामग्री नुवाकोटस्थित श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो । त्यहाँ रहेका बाढी प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, पानी र अन्य सामग्री उपलब्ध गराइएको हो ।