सन्दर्भ मूल्यसूची यथार्थपरक कायम गर्न माग
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सन्दर्भ मूल्यसूची यथार्थपरक कायम गर्न सरकारसँग माग गरेको छ । नाडाको अध्यक्ष ध्रुव थापाको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटी सधैँ समस्याको रूपमा देखा पर्दै आएको सन्दर्भ मूल्यसूचीका बारेमा तत्काल सरोकारवाला निकायसँग आवश्यक सल्लाह गरी यथार्थपरक मूल्य कायम गर्न आग्रह गरेको हो ।
यस्तै, अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुनर्तालिकीकरको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । बैंक तथा वित्तीय निकायलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नका लागि प्रमुख बाधकको रूपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने उनको भनाइ छ । त्यस्तै, बैंकबाट निजी सवारीको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा कर्जा र मूल्य अनुपातको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्न उनले आग्रह गरेका छन् ।
अध्यक्ष थापाले चालू पुँजी कर्जाको सम्बन्धमा राष्ट्र बैंकले हालै जारी गरेको कर्जा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रिय वर्गमा कर्जा वर्गीकरण गरिनुपर्ने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालालाई समेत असर पर्न जाने बताए । कुनै पनि कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि छ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नति नहुने व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित बनाउने भएकाले यस व्यवस्थालाई तत्काल सच्याउन उनले माग गरे ।
छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोबाइल उद्योगहरू पनि क्रमशः खुल्दै जाने क्रममा रहेकाले यस्ता उद्योगको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोबाइल उद्योगलाई विशेष क्षेत्रमा वर्गीकरण गरी सोही अनुरूप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्नेमा जोड दिए । यस्तै, उनले काठमाडौं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणका लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि पहल गर्न समेत अर्थमन्त्रीसँग आग्रह गरेका थिए । छलफलमा मन्त्री महतले अटोमोबाइल क्षेत्रका समस्याको सम्बन्धमा आफू जानकार रहेकाले त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिएको नाडाले जनाएको छ ।
क्याटेगोरी : अटो बजार
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया