Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एसियाली विकास बैंकका पदाधिकारीहरूबीच नेपालमा अटोमोबाइल बजारको सम्भाव्यताका बारेमा छलफल भएको छ । नाडाको सचिवालय टेकुमा आइतबार सो छलफल भएको हो ।

सो छलफल खासगरी नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनको व्यवसायमा देखिएका चुनौतीहरू र त्यसका विषयमा पाठयक्रम बनाई अगाडि बढ्ने विषयमा केन्द्रित थियो । यसबारेमा अर्कोपटक अझ गहन छलफल गर्ने तय गरिएको नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल, डा सुमित पोखरेल, चन्दन सापकोटा, रुपक शर्मा तथा कृष्ण पाठकलगायतको सहभागी थियो ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया