Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारनिर्जीवन बीमा कम्पनीका साढे ११ लाख बीमालेख जारी

निर्जीवन बीमा कम्पनीका साढे ११ लाख बीमालेख जारी

१५ अर्ब ७२ करोड बीमाशुल्क आर्जन


काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल १५ अर्ब ७२ करोड १० लाख १५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले ११ लाख ६१ हजार दुई सय ५९ वटा बीमालेख बिक्री गरी सो रकम संकलन गरेका हुन् । बीमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ करोड ७४ लाख रुपैयाँले कम हो । गतवर्ष मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

चालू आर्थिक वर्षको मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले दुई अर्ब ९९ करोड छ लाख चार हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस्तै बिक्री भएको बीमालेख संख्या भने दुई लाख ७२ हजार तीन सय ८५ छ । गत मंसिर मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले ७२ हजार दुई सय १९ वटा बीमालेखा बिक्री गरी ६१ करोड ९१ लाख ९० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसपछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले १७ हजार ९८ वटा बीमालेख बिक्री गरी ७२ करोड ७१ लाख २५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ६६ हजार छ सय ६४ वटा बीमालेख जारी गरी ६१ करोड ६१ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योरेन्स कम्पनीले १४ हजार नौ सय २३ वटा बीमालेख जारी गरी ५१ करोड १९ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले पनि मंसिर मसान्तसम्म एक लाख २८ हजार छ सय ४२ वटा बीमालेख जारी गरी एक अर्ब ३३ करोड ३९ लाख छ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले ४७ हजार दुई सय ४९ वटा बीमालेख जारी गरी ८४ करोड १४ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले एक लाख २२ हजार छ सय ७८ वटा बीमालेख जारी गरी एक अर्ब ५७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले ८२ हजार आठ सय ९८ वटा बीमालेख जारी गरी एक अर्ब एक करोड ६४ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले एक लाख एक हजार दुई सय ३३ वटा बीमालेख जारी गरी एक अर्ब ३९ करोड ५३ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ६३ हजार दुई सय ४९ बीमालेख जारी गरी ९६ करोड ८६ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि एक लाख २८ हजार तीन सय ८९ वटा बीमालेख जारी गरी एक अर्ब ६५ करोड १९ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सगरमाथा लुुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म एक लाख २२ हजार छ सय ९३ वटा बीमालेख जारी गरी एक अर्ब ९९ करोड ९७ लाख एक हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ हजार सात सय ५९ वटा बीमालेख जारी गरी एक अर्ब ३८ करोड १२ लाख आठ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ८७ हजार छ सय ५६ वटा बीमालेख जारी गरी एक अर्ब सात करोड १२ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणद्वारा आईजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई कारबाही
बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तीनवटा बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणका अनुसार यही पुस ६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णयअनुसार तीनवटा निर्जीवन बीमा कम्पनीलाई कारबाहीस्वरुप नगद जरिबाना लगाइएको हो ।

No description available.

कारबाहीमा पर्नेहरुमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । प्राधिकरणका अनुसार ती कम्पनीलाई प्रतिकम्पनी दुई लाख रुपैयाँको दरमा नगद जरिबाना गरिएको हो । स्थलगत निरीक्षणका क्रममा यथेष्ट मात्रामा कैफियत फेला परेपछि स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभएपछि नगद जरिबाना गरिएको प्राधिकरणको भनाइ छ ।

No description available.

प्राधिकरणका अनुसार निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरूले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियतहरु देखिएको र सोही कैफियतका आधारमा कारबाही गरिएको प्राधिकरणको भनाइ छ ।

No description available.


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया