Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारजीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क

जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क


काठमाडौं । सक्रिय जीवन बीमालेखको संख्या घटे पनि जीवन बीमा कम्पनीहरूको बीमाशुल्क भने बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको नौ महिना (चैत मसान्त)सम्म सक्रिय रहेको जीवन बीमालेखको संख्या एक करोड ३८ लाख ६६ हजार छ सय १५ छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ११ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा सक्रिय जीवन बीमालेखको संख्या एक करोड ४१ लाख ६५ हजार नौ सय ९८ थियो ।

जीवन बीमा र लघुजीवन बीमा गरी सञ्चालनमा रहेका १७ वटा कम्पनीहरूले आर्जन गरेको बीमाशुल्क एक खर्ब १० अर्ब १६ करोड १६ लाख नौ हजार रूपैयाँ छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल जीवन बीमाशुल्क एक खर्ब चार अर्ब ७३ करोड ४८ लाख २२ हजार रूपैयाँ थियो ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म १४ वटा ठूला बीमा कम्पनीहरूले एक करोड ३८ लाख ३२ हजार छ सय एकवटा सक्रिय जीवन बीमालेखबाट कुल एक खर्ब १० अर्ब आठ करोड २७ लाख ५६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । तीनवटा लघु जीवन बीमा कम्पनीहरूले ३४ हजार १४ वटा बीमालेखबाट कुल सात करोड ८८ लाख ५३ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ६८ हजार छ सय ६८ वटा बीमालेखमार्फत पाँच अर्ब ४६ करोड ९७ लाख ८६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १५ लाख ८९ हजार आठ सय ९६ जीवन बीमालेख बिक्री गरी १२ अर्ब ८९ करोड ९१ लाख तीन हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा १३ लाख २३ हजार आठ सय ३१ वटा बीमा लेख जारी गरी २९ अर्ब ४५ करोड ३९ लाख २९ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले छ लाख ८३ हजार आठ सय ६६ वटा बीमालेख बिक्रीमार्फत १२ अर्ब ८३ करोड १० लाख ८७ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

मेटलाइफ इन्स्योरेन्सले पनि आठ लाख ६१ हजार आठ सय ६४ वटा बीमालेख बिक्रीमार्फत चार अर्ब १३ करोड ३२ लाख ४० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चैतसम्म छ लाख ५१ हजार दुई सय ३५ वटा जीवन बीमालेख बिक्री गरी पाँच अर्ब ७८ करोड ९५ लाख ३७ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सले चार लाख ७१ हजार छ सय १३ वटा बीमालेख जारी गरी तीन अर्ब २९ करोड ११ लाख ४९ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

रिलायवल नेपाल लाइफ इन्स्योरन्स कम्पनीले ३१ लाख ५१ हजार आठ सयवटा बीमालेख जारी गरी दुई अर्ब ९८ करोड २६ लाख ९४ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा सिटिजन लाइफले १२ लाख ३१ हजार पाँच सय ७८ वटा बीमालेख जारी गरी चार अर्ब २४ करोड ४९ लाख ४७ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले नौ लाख ६२ हजार दुई सय २८ वटा बीमालेख जारी गरी छ अर्ब ५२ करोड ६६ लाख तीन हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले पनि नौ लाख ३३ हजार एक सय १२ वटा बीमालेख जारी गरी चार अर्ब २७ करोड ६९ लाख ४१ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले तीन लाख ८९ हजार नौ सय ९१ वटा बीमालेख बिक्री गरि १२ अर्ब ३३ करोड पाँच लाख ५० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले नौ महिनामा एक लाख ६९ हजार १३ वटा बीमालेख जारी गरी तीन अर्ब छ करोड ३८ लाख ९६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

लघु जीवन बीमातर्फ भने गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले ११ हजार चार सय ८१ वटा बीमालेख जारी गरी दुइ करोड चार लाख ८५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गर्दा क्रेष्ट माइक्रोलाइफले १९ हजार नौ सय १७ वटा बीमालेखमार्फत चार करोड ८१ लाख ५४ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी लिर्वर्टी माइक्रो लाइफले पनि चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा दुई हजार छ सय १६ वटा बीमालेख जारी गरी एक करोड दुई लाख ५३ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया