Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग वाणिज्य महासंघ कोशीद्वारा नगर, जिल्ला र वस्तुगत संघको सवलीकरण

उद्योग वाणिज्य महासंघ कोशीद्वारा नगर, जिल्ला र वस्तुगत संघको सवलीकरण


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघको क्षमता अभिवृद्धि र संस्थागत सवलीकरणको काम थालनी गरेको छ । महासंघले विराटनगरमा दुई दिने कार्यशालामार्फत संघहरूका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरूलाई सहभागी गराएर क्षमता अभिवृद्धि र संस्थागत सवलीकरणको काम अघि बढाएको महासंघले जनाएको छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विषम् परिस्थितिका कारण हुन नसकेको नगर, जिल्ला र वस्तुगत संघहरूसँगको सम्बन्धलाई आगामी दिनमा सुमधुर बनाउँदै लैजाने बताए । संघका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व क्षमता विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ थियो । यस्तै, महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले सदस्य संस्थाको नेतृत्व विकासका लागि कार्यशाला महत्वपूर्ण हुने बताए । उनले महासंघ जहिले पनि नगर, जिल्ला र वस्तुगत संघहरूसँगै मिलेर हिँड्दै आएको स्मरण गराए ।

नेपाल सहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) र द एसिया फाउन्डेसनको सहयोगमा आयोजित कार्यक्रममा नियर्सका अध्यक्ष डा जगदीशचन्द्र पोखरेलले आर्थिक क्षेत्रका महत्वपूर्ण पक्षहरूको संस्थागत विकासका लागि कार्यक्रम महत्वपूर्ण अवसर भएको बताए । नियर्सका सदस्य ओम धरानन्द राजोपाध्यायले महासंघका विभिन्न फोरमबाट सदस्य संस्थाहरूको क्षमता विकासको आवश्यकता रहेकाले कार्यशाला आयोजना गरिएको जानकारी दिएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघमध्ये ३६ वटा संघका अध्यक्ष, प्रतिनिधि र कार्यालय सचिव एवम् विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले महासंघका सदस्यहरूको संख्या घट्दै गएको र उद्योगी व्यापारी क्षेत्रमा निराशा बढ्दै गएको बेलामा यस्ता कार्यक्रमहरूले उत्प्रेरित बनाउन मद्दत पुग्ने अपेक्षा लिएको बताएका थिए । यस्तै, सुझावअनुसार नै छलफल गर्दै मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदानलाई अझ बढाउँदै लैजानुपर्नेमा कुरामा कार्यक्रमलाई जोड दिइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया