Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोशी प्रदेशको आर्थिक पार्श्वचित्र

कोशी प्रदेशको आर्थिक पार्श्वचित्र


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले हालै कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक गरेको छ । द एसिया फाउण्डेसनको सहयोगमा महासंघ कोशी प्रदेशले सो पाश्र्वचित्र तयार पारेको हो ।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्राथमिक र द्वितीय तथ्याङ्क संकलन र विश्लेषण गरेर पाश्र्वचित्र तयार गरिएको जानकारी दिए । पाश्र्वचित्र तयारीका क्रममा संकलित तथ्याङ्कमा आधारित रहेर तथ्याङ्क व्यवस्थापन प्रणाली पनि तयार गरिएकाले त्यसलाई पूर्णता दिने क्रममा पाश्र्वचित्रका कमी त्यसबाट परिपूर्ति हुने उनले बताए । प्रकाशित पाश्र्वचित्रमा कोशी प्रदेशको भूगोल र पर्यावरण, जनङ्सख्याको झलक, आर्थिक सामाजिक अवस्था, जिल्लागत रहेको छ । प्रदेशको आर्थिक क्षेत्रको तथ्याङ्कलाई रियलटाइम अद्यावधिक गर्ने व्यवस्थाका लागि कोशी प्रदेश सरकारसँग सहकार्य गरेर काम गरी तयार गरेको अध्यक्ष राउतले जानकारी दिए ।

आर्थिक पाश्र्वचित्रलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक कार्यक्रमका बीच सार्वजनिक गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको नजरले हेर्न अवस्था नहटेसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषिलगायतका प्राथमिक क्षेत्रको मूल्य अभिवृद्धिमा योगदान गर्ने र राजस्व तिरेर विकासको कामका लागि सरकारलाई स्रोत जुटाउने कार्य गर्दै आएको उनको भनाइ थियो । कोशी प्रदेश सरकारले औद्योगिक सुरक्षा नीति भर्खरै जारी गरेको बताउँदै उनले दुुई अर्बभन्दा बढी लगानी भएका उद्योगका लागि आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुने गरी सुरक्षाकर्मी उपलब्ध गराउने जानकारी दिए । यस्तै, उनले कोशी प्रदेशमा लगानी गर्न चाहने सबैलाई सरकारले संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै ढुक्क भएर लगानी गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया