Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा मोटर्स फन कार्निभल आजदेखि

टाटा मोटर्स फन कार्निभल आजदेखि


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम आज अर्थात् शुक्रबारदेखि सुरु भएको छ ।

कम्पनीका अनुसार यो कार्यक्रम आइतबारसम्म चल्नेछ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रूचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरू साट्न सकिनेछ । यो कार्यक्रम उपत्यकाबाहिर टाटा मोटर्सको सोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ वीरगञ्ज आयोजना गरिएको हो । फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्करूपमा ईभी गाडीहरूका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । यस कार्यक्रमको अवसरमा टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न पनि गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया