Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना

‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना


काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना सार्वजनिक गरेको छ । यस योजनामा हुन्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर समावेश गरेको जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा छ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने छ । यो योजनामा गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाइनेछ । यसैगरी यही योजनाअन्तर्गत नै ग्राहकले स्क्य्राचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याउने गरेको जनाएको छ । सबै हुन्डाई गाडीहरूमा तीन वर्ष वारेन्टी, छ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको ब्याट्री मा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया