Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी नेपालद्वारा रेडमी इयरफोन सार्वजनिक

शाओमी नेपालद्वारा रेडमी इयरफोन सार्वजनिक


काठमाडौं, भदौ १८
शाओमीले रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउँदै नयाँ रेडमी इयरफोनको घोषणा गरेको छ । यो रेडमी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो । शाओमी नेपालले गत वर्षदेखि आफ्नो फोन प्लस रणनीतिको अंशको रुपमा अडियो श्रेणीमा प्रवेश गरेको छ । इकोसिस्टम उत्पादनको फोर्टफोलियो इकोसअन्तर्गत ब्राण्डले पहिले नै मी ट्रु वायरलेस इयरबड्र्स, मी इन—इयर हेडफोन बेसिक र मी इयरफोन सार्वजनिक गरिसकेको छ ।

कम्पनीले यसअघि रेडमी ब्राण्डअन्तर्गत पहिलो अडियो–रेडमी इयरबड्र्स एस सार्वजनिक गरेको थियो । अहिले भने कम्पनीले हाई—रेस प्रमाणित रेडमी इयरफोन सार्वजनिक गरेको हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले हार्ई—रेस प्रमाणित रेडमी इयरफोन कम्पनीको फोन प्लस रणनीतिको अंशको रुपमा रेडमी लाइनअपको दोस्रो अडियो उत्पादन सार्वजनिक गरेको बताए ।

कम्पनीका अनुसार रेडमी इयरफोन हाई—रेस अडियोद्वारा प्रमाणित रेडमी इयरफोनले अधिक प्राकृतिक र यथार्थपरक सुन्ने अनुभव प्रदान गर्ने लक्ष्य राख्दछ । यसको १० एमएम ध्वनि ड्राइभरले गतिशील बेस, स्पष्ट कण्ठ र परिष्कृत ट्रेबल ल्याउँदछ । रेडमी इयरफोनले ह्यान्डस्—फ्री कलिंग सुविधाका लागि इन—लाइन—माइक पनि प्रदान गर्दछ । यसको मल्टी फंक्सनले इयरफोनबाट कल र गीत नियन्त्रण सक्षम गर्दछ ।

रेडमी इयरफोन उच्च गुणस्तरको सूक्ष्म एल्मुनियम धातुबाट तयार गरिन्छ र सिलिकन इयरप्लगको साथ आउँदछ । यो ३.५ एमएम मापदण्डमा आधारित छन् र यसमा १.२५ मिटर लामो केबलको विशेषता छ । रेडमी इयरफोन कालो, निलो र रातो रंगमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसको मूल्य सात सय ४९ रुपैयाँ कायम गरिएको छ । कम्पनीका अनुसार देशभरका आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा रेडमी इयरफोन छिट्टै उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x